एनसिसि बैंकको शाखा बेनीमा सुरु

  • १६ बैशाख २०७५, आईतवार
  • धिरन खत्री
  • 2215 पटक पढिएको


म्याग्दी,१६ बैशाख । म्याग्दीको बेनीमा एनसिसि बैंक ८८औँ शाखाको रुपमा सुरु गरिएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बंैक लिमिटेड (एनसिसि बंैक) संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको उपस्थितमा आईतबार शाखालाई उद्घाट्न गरिएको हो ।


शाखालाई उद्घाटन गर्दै अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बैंकको सेवा प्रवाह स्थानीय सरकारको समृद्धिको योजनालाई सफल बनाउने उद्देश्यले गर्नुपर्ने बताउदै बैंकको कानुनी ब्यवस्थापन स्थानीय सरकारको नीति संग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए । बैकिंक सेवामा प्रतिस्पर्धा धैरै भएकोले ब्याजमा अस्वाभाविक बृद्धि घटाउन जनतालाई एकरुपता सेवा प्रवाह गर्न स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने बताएका थिए । नेपालका २१ बर्षदेखि सेवा प्रवाह गर्दै आएको एनसिसि बैंकले १०४ औँ शाखा विस्तार गरेको छ । भने म्याग्दीमा ८८ औ शाखाको रुपमा विस्तार गरेको हो। बैकको शियर सदस्य १ लाख बढी रहेको बैंकमा ६ लाख ५० हजार सेवाग्राही रहेको जानकारी दिए ।


त्यस्तै सो कार्यक्रमा बेनी नगरपालिका वडा ८ का अध्यक्ष रामकृष्ण बराईलीले निरन्तरताको शुभकामना दिदै स्थानीय जनताको अपेक्षाअनुसार सेवा प्रवाह गर्न आग्रह गर्दै जिल्लाको ग्रामिण भेगमा शाखा विस्तार आवश्यक रहेको बताएका थिए । त्यस्तै म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष जीवनकुमार विश्वकर्माले शुभकामना मन्तव्य राखेको कार्यक्रममा बैकंका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बंैकको गतिविधि जानकारी गराएका थिए । भने शाखा प्रवन्धक लक्ष्मण शर्माले स्थानीय सरकारको अपेक्षा अुनसार सेवा प्रवाह गर्ने बताएका थिए । उद्घाट्न कार्यक्रममा बेनीबाट सेवा प्रवाह गर्दै आएका बैंकका प्रवन्धक र पत्रकार लगायतको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l