२६४२ औं लुम्बिनी दिवस मनाउन सुरु

  • १५ बैशाख २०७५, शनिबार
  • 1921 पटक पढिएको

म्याग्दी, १५ वैशाख । म्याग्दीमा २६४२ औं लुम्बिनी दिवस मनाउन सुरु गरिएको छ । म्याग्दी बौद्व संघ, बेनी को संयोजनमा ३ तिनदिने कार्यक्रम गरेर लुम्बिनि दिवस मनाउन सुरु गरिएको म्याग्दी बौंद्व संघ परिवारका संयोजक यजनलाल शाक्यले जनाकारी दिनु भएको छ ।
दिवसको पहिलो दिन शनिवार बुद्व विहार मंङ्गलघाटमा महिला बौद्व संघ बेनीको संयोजनमा वुद्वको मुर्तिलाई पुजा गर्नुको साथै बुद्वको पाठ, बुद्व ध्यान, भिच्छु लाई दान गरिएको छ ।

त्यस्तै दोस्रो दिन बेनी अस्पतालमा उपचारार्थ रहेका बिरामीहरुलाई फलफुल वितरण कार्यक्रम रहेको छ । तेस्रो दिन सोमबार शान्ति पदयात्रा, मुलकार्यक्रम, बुद्व विहार तल रहेको प्रवेशद्वारदेखि रथयात्रा र साँझ बुद्व विहार भित्र दिपावली कार्यक्रम रहेको बौद्व संघ परिवारले जानाकारी दिएको छ ।

सोहि अवसरमा बेनिको युवा बौद्व संघ बेनिले विहारमा फोहोर राख्न प्रयोग हुने चार ओटा डस्वीन सहयोग गरेको म्याग्दी बौंद्व संघ परिवारका संयोजक शाक्यले बताउनु भयो ।