पवित्र आमा समुहको अध्यक्षमा पुनः केसी चयन

  • १५ बैशाख २०७५, शनिबार
  • 3014 पटक पढिएको

म्याग्दी, १५ वैशाख । म्यागदीको रघुृगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुहको छैठौँ साधारणसभा एवम दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिबेशनबाट पुनः कमला केसीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । आमा समुहको बरिष्ठ उपाध्यक्षमा यामकुमारी गर्वुजा, द्धितिय उपाध्यक्षमा कमला शर्मा, तितृय उपाध्यक्षमा जयन्ती शर्मा, सचिबमा सिता खड्का सुवेदी, सह–सचिबमा चिना हमाल, कोषाध्यक्षमा भदेवी तिलिजा चयन हुनुभएको छ ।

त्यसैगरि सदस्यहरुमा निरा खत्री, निर्मला भण्डारी, रसिला किसान, एसोदा शर्मा, पूर्णा गर्वुजा, खिमकुमारी जैसी, बिमला भण्डारी, रमा खत्री, ओमकुमारी खत्री, सरस्वती सुवेदी, जयन्ती भण्डारी, गुमा कुमारी सुवेदी (गंगा) रिजाल, विन्दु भण्डारी र फुलबारी आमा समुहको प्रतिनिधि चयन भएका छन् ।
त्यस्तै सल्लाहकारमा रत्नकुमारी कार्की, पुष्पा शर्मा, सरस्वती सुवेदी, दुतमायाँ पाईजा चयन हुनुभएको छ । आमा समुहका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले सामाजिक विकृति न्युनिकरण र सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको पवित्र आमा समुहलाई आगामी दिनमा अझै सक्रिय भएर सामाजिक कार्यमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका सचिब बाकृष्ण सुवेदीले महिलाहरु आर्थिक, सामाजिक रुपमा बलियो बन्न सकेमा मात्रै परिवर्तन सम्भव हुने बताउँदै आमा समुहले स्वरोजगार मुलक र उत्पादनशिल तालिमहरुमा समेत जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाइ , वडा नम्बर ३ का अध्यक्ष जिवन कुमार मल्ल, वडा सचिब चित्रनाथ शर्मा, समाजसेवी अर्जुन सुवेदी, हरिप्रसाद सुवेदी, आमा समुहका सल्लाहकार रत्नकुमारी कार्की, सदस्य ओमकुमारी खत्री, कमला शर्मा, पूर्णा गर्वुजा, लगायतले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा कोषाध्यक्ष सिता कुमारी खड्काले आर्थिक र सचिब यामकुमारी गर्वुजाले प्रगती प्रतीवेदन प्रस्तुत गर्नुभएको थियो भने निरा खत्रीको स्वागत र सचिब गर्वुजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।