म्याग्दी समाचार

म्याग्दीमा उमेद्वारलाई लक्षित गरेर बम बिस्फोट

म्याग्दी, ८ मंसिर। म्याग्दीमा बाम गठबन्धनका उमेद्वारलाई लक्षित गरेर शुक्रबार बम बिस्फोट भएको छ । बेनी नगरपालीका २ तोराखेतमा नेकपा एमालेका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट भएको हो । बेनपा २ भकुण्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा गाडी भन्दा करिब ७ मिटर अगाडीको सडकमा... पुरा पढ्नुहोस

राहुघाट जलविधुत आयोजनाको काम अगाडि बढ्नेः भारतिय कम्पनि जेपीले पायो ठेक्का

म्याग्दी, ८ मंसिर । म्याग्दीको रघुंगंगा गाउँपालिकामा ३ पिप्लेमा निर्माणधिन राहुघाट जलविद्युत आयोजना निर्माणको जिम्मेबारी भारतको जयप्रकास (जेपी) एसोसियट्स लिमिटेडले पाएको छ । आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र जययप्रकाशबीच बिहीबार ठेक्का सम्झौता भएको छ । काम सुरु गरेको ४५ महिनामा आयोजना सम्पन्न हुने गरी ठेक्का... पुरा पढ्नुहोस

बाम गठबन्धनको बेनीमा घरदैलो गरेर चुनाव प्रचार अभियानको समापन (भिडियो सहित)

म्याग्दी ७ मंसिर । पहिलो चरण अन्र्तगत म्याग्दीमा आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार प्रसार कार्यक्रम अन्र्तगत बाम गठबन्धनले बिहीबार सदरमुकाम बेनीमा घरदैलो गरेर चुनाव प्रचार समापन गरेका छन् । https://youtu.be/fWJUuRtsFeE कात्तिक ५ गते मनोनयन दर्ता गरेलगत्तै चुनाव प्रचार अभियान लिएर गाउँ पसेका एमाले माओवादीको गठबन्धनका उमेद्वारहरुले... पुरा पढ्नुहोस

म्याग्दीमा निर्वाचन सुरक्षा मजबुत छ,आचार संहिता विपरित कार्य गर्नेलाई कारबाही : प्रहरी (भिडियो सहित)

म्याग्दी, ७ मंसिर । यही मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीको सुरक्षा बन्दोबस्तलाई मतबुत बनाईएको छ । निर्वाचनको पूर्वसन्ध्या देखि मतदान र मतपेटीका ढुवानी हूँदै मतगणना सम्मको सुरक्षा अबस्थालाई चुस्त बनाईएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । निर्वाचनलाई शान्त र भयरहित वातवरणमा सम्पन्न गराउनको... पुरा पढ्नुहोस

गरिमाद्धारा जेष्ठ नागरीकलाई न्यानो कपडा वितरण

बेनी, ७ मंसिर । गरिमा विकास बैङ्कले ११ औ वार्षिक उत्सवको अवसरमा बिहीबार बेनी नगरपालीका ९ गलेश्वर स्थित वृद्धाश्रमका जेष्ठ नागरीकलाई न्यानो कपडा वितरण गरेको छ । ४५ जना जेष्ठ नागरीकहरुलाई एकएक थान ज्याकेट प्रदान गर्नुका साथै भोजन गराइएको थियो । बैङ्कका सञ्चालक तथा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, बरिष्ठ... पुरा पढ्नुहोस

ग्राउण्ड रिपोर्ट: म्याग्दीको प्रदेशसभा उम्मेदवार केसीको लोकप्रियता बढ्यो,गौचनका सामु चुनौतीका पहाड खडा !

म्याग्दी, ७ मंसिर । एमाले र माओवादीको चुनावी तालमेल तथा चुनाव लगत्तै पार्टी एकिकरणको घोषणासंगै असोज अन्तिम सातादेखि म्याग्दीमा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादीले जिल्लाका तिन मध्य एक सिट पाउने चर्चा चल्यो । त्यही बेला माओवादीले म्याग्दीमा कुन सिट पाउला र कसलाई उमेद्वार बनाउला भन्ने... पुरा पढ्नुहोस

म्याग्दीमा मतदाता शिक्षाको लागि यसरी परिचालन भएका छन स्वयमसेवक

म्याग्दी ६ मंसिर । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा बरद मत घटाउने र सदर मतको दर बढाउने उद्देश्यले म्याग्दीका टोल टोलमा मतदाता शिक्षा अभियान सञ्चालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वमसेवकको रुपमा खटाएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वमसेवीका र बालकक्षा सहयोगी कार्यकर्ता सर्वसाधारणलाई सहि तरीकाले मतदान गर्ने... पुरा पढ्नुहोस

पाउद्धारमा अन्नपूर्ण गाउँपालिकाको जनतासंग भेटघाट

स्थानीय चुनाव पछिको भेटघाट कार्यक्रम अन्नपूर्ण गाउपालिका वडा न ५ पाउद्वार गाउमा गरिएको छ । कार्यक्रममा अन्नपूर्ण गाउपालिकाका प्रमुख क्या डम बहादुर गर्वुजा ,उप प्रमुख केश माया पुर्जा, अन्नपूर्ण गाउपालिकाका वडा न ५ का वडा अध्यक्ष दिनेश कुमार तिलिजा महिला सदस्य दिर्जु रन्तिजा, दलित महिला सदस्य रामसुवा नेपाली सदस्य धन... पुरा पढ्नुहोस

दुईनम्बर प्रदेशमा उम्मेदवारको घरदैलो र मतदाता भेटघाट कार्यक्रम

म्याग्दी,६ मंसिर । आसन्न निर्वाचनका लागि म्याग्दीको क्षेत्रनम्बर दुईमा वाम गठबन्धनका साझा उम्मेदवार नरदेवी पुनको चुनावलक्षित गाउँ अभियान कार्यक्रम जारीरहेको छ । यसैक्रममा बुधबार मंगला गाउँपालिकाको विभिन्न वडामा पुगेर मतदाता भेटघाट गर्नुका साथै घरदलौ कार्यक्रममार्फत वाम गठबन्धनका उम्मेदवारलाई भोट मागिएको छ । प्रदेशसभा (ख)का उम्मेदवार नरदेवी पुन, मङ्गला गाउँपालिका अध्यक्ष... पुरा पढ्नुहोस

महेन्द्र माध्यमिक विद्यालयलाई रु. दुई लाख सहयोग

म्याग्दी ६ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालीका ५ झिँमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई एक दम्पत्तीले आर्थिक सहयोग गरेका छन् । साविक झिँ गाविस ५ घर भई हाल अमेरीका बसोबास गर्दै आउनुभएका हर्कबहादुर पाईजा र उहाँकी श्रीमती राजकुमारी पाईजाले दुई लाख रुपैया सहयोग गर्नुभएको हो । विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा पाईजा... पुरा पढ्नुहोस