म्याग्दी समाचार
घोस्केखोर लघुजलविद्युतलाई सहयोग गर्न महाबिरको अपिल
- 6 बर्ष, 3 महिना अगाडि
- २१ माघ २०७४, आईतवार
मम्याग्दी, २१ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखमा निर्माणाधिन घोस्केखोर लघुजलविद्युत परियोजना सम्पन्न गर्न सामाजिक अभियान्त महाबिर पुनको पहलमा करिब डेढ करोड रुपैया जुटाइएको छ । शिखका पर्यटकीय स्थल खोप्रा, बयली र ढाँडखर्कमा विद्युत आपुर्ती गरी त्यहाँका सामुदायीक लजलाई घुँवामुक्त बनाउने उद्देश्यले निर्माण हुन लागेको ५० किलोवाट क्षमत्ताको परियोजनाका लागि... पुरा पढ्नुहोस
एकिकृत अखिल नेपाल शिक्षक संगठनको प्रदेश अध्यक्षमा ढुङ्गाना
- 6 बर्ष, 3 महिना अगाडि
- २१ माघ २०७४, आईतवार
म्याग्दी, २१ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश नम्बर ४ को अध्यक्षमा म्याग्दीका सोमनाथ ढुङ्गाना निर्वाचित हुनुभएको छ । पोखरामा शनिबार सम्पन्न प्रथम प्रदेश सम्मेलनले बेनपा ६ मा रहेको जामुनाखर्क माविको प्रअ ढुङ्गानाको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटि चयन भएको हो । कमिटीको उपाध्यक्षमा म्याग्दीकै मनोज पौडेल, सदस्यहरुमा चिरञ्जिवी... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको अध्यक्षमा कमल विश्वकर्मा
- 6 बर्ष, 3 महिना अगाडि
- २० माघ २०७४, शनिबार
म्याग्दी । म्याग्दीको जेसीजको वर्ष २०१८ का लागि शाखा अध्यक्ष पदमा कमल विश्वकर्मा निर्वाचित भएका छन् । शनिबार बेनी सम्पन्न १९ औं साधारणसभा तथा शाखा अधिवेशनले विश्वकर्माको अध्यक्षतामा नयाँ कार्य समितिले चयन गरेको हो । वर्ष २०१७ का शाखा अध्यक्ष नारायण कुमार बरालको अध्यक्षतामा सम्पन्न अधिवेशनले कार्यकारीणी उपाध्यक्षमा खम थापा... पुरा पढ्नुहोस
शिखको घोस्टेखोर लघुजलविद्युतको परिक्षण उत्पादन सफल
- 6 बर्ष, 3 महिना अगाडि
- २० माघ २०७४, शनिबार
बेनी २० माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखका पर्यटकीय स्थलमा विद्युत आपुर्तीका लागि निर्माण हुन लागेको घोस्टेखोर लघुजलविद्युत परियोजनाको परिक्षण सफल भएको छ । ५० किलोवाट क्षमत्ताको परियोजनामा जडान गरिएको जेनेरेटर र टवाईनको परिक्षण सफल भएको हो । नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको... पुरा पढ्नुहोस
यातायात ब्यवसायी महासंघको केन्द्रिय सदस्यमा म्याग्दीका श्रेष्ठ विजयी
- 6 बर्ष, 3 महिना अगाडि
- २० माघ २०७४, शनिबार
म्याग्दी, २० माघ । चितवनमा सम्पन्न नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघको केन्द्रिय सदस्यमा म्याग्दीका यातयात व्यवसायी सुमन श्रेष्ठ बिजयी हुनुभएको छ । शुक्रवार सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनमा प्रदेश नं ४ को केन्द्रिय सदस्यमा श्रेष्ठ अत्याधिक मतले विजय हुनुभएको हो । म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव समेत रहेका श्रेष्ठ... पुरा पढ्नुहोस
औषधी खरिदको अलमलले स्वास्थ्य संस्थामा औषधी अभाब हुन थाल्यो
- 6 बर्ष, 3 महिना अगाडि
- २० माघ २०७४, शनिबार
म्याग्दी, २० माघ । धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको स्वास्थ्य चौकीमा औषधी अभाब देखिएको छ । विगत एक बर्षदेखि सरकारी तवरवाट जाने निःशुल्क औषधीहरु उपलब्ध नहुँदा औषधीको अभाब देखिन थालेको हो । यस स्वास्थ्य चौकीमा अहिले कदम म्याग्दी मार्फत गुड नेवर्स ईन्टरनेशनलले दिएको औषधी मात्रै बाँकी रहेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले... पुरा पढ्नुहोस
मुनादेखि मुदीलाई जोड्ने सडक निर्माण तिब्र
- 6 बर्ष, 3 महिना अगाडि
- २० माघ २०७४, शनिबार
म्याग्दी २० जेठ । धौलागिरी गाउँपालीका ४ मा पर्ने म्याग्दीको बिकट र दुर्गम मुदी गाउँलाई जोड्ने सडकको ट्याक निर्माणको काम सुरु भएको छ । मुदीलाई सडक सञ्जालसंग जोड्नका लागि धौलागिरी गाउँपालीकाले मुना–दर–मुदी सडक आयोजना निर्माण सुरु गरेको हो । चालु आर्थिक वर्षमा गाउँपालीकाले बिनियोजन गरेको ९० लाख रुपैया बजेटबाट ट्याक... पुरा पढ्नुहोस
पुर्व विद्यार्थीले बरंजाका सामुदायीक विद्यालयलाई डस्टबिन वितरण गरे
- 6 बर्ष, 3 महिना अगाडि
- १९ माघ २०७४, शुक्रबार
बरंजा १९ माघ । म्याग्दीको मंगला गाउँपालीका ३ र ४ बरंजामा रहेका सामुदायीक विद्यालयमा शुक्रबार फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । भुतपुर्व विद्यार्थी कल्व र बरंजा छात्रावृत्ती अक्षयकोषले महेत्द्ररत्न मावि, महेन्द्ररत्न आधारभुत, जनप्रिय आधारभुत १–८ र जनप्रिय आधारभुत १–५ तहलाई १३ वटा डस्टबिन वितरण गरेका हुन् । विभिन्न... पुरा पढ्नुहोस
नरमायाँले गरिन जिबन रक्षाको अपिल
- 6 बर्ष, 3 महिना अगाडि
- १९ माघ २०७४, शुक्रबार
म्याग्दी, १९ माघ । रघुगंगा गाउँपालिका १ बेगमा सुकुम्वासी बस्तीमा बस्तै आएकी नरमायाँ तिलिजाले अस्पतालको शैयाबाट जिबन रक्षाको अपिल गरेकी छिन । दुई सन्तानकी आमा बनेकी नरमायाँले आफु २५ वर्षको उमेर छदा नै श्रीमान कर्ण बहादुर तिलिजालाई गुमाईकी थिईन । त्यो पिडा त छ दै छ आफ्नो केही नभएकी तिलिजा... पुरा पढ्नुहोस
कुवापानी चिनाउने म्युजिक भिडियो बजारमा आउँदै
- 6 बर्ष, 3 महिना अगाडि
- १९ माघ २०७४, शुक्रबार
म्याग्दी, १९ माघ । पर्वतको जलजला गाउँपालिका –५ मा रहेको कुवापानी गाउँलाई चिनाउने म्युजिक भिडियो बजारमा ल्याउने तयारी गरिएको छ । कला संस्कृतिको धनी पुन मगर समुदायको बसोबास रहेको कुवापानी गाउँलाई गितसंगीत मार्फत चिनाउनको लागि सो म्युजिक भिडियो बजारमा ल्याउन लागिएको हो । राजकुमारी पुनको शब्द, आँसु लामाको संगीतमा चर्चित... पुरा पढ्नुहोस