मुस्ताङको कागबेनी देखि तीरी जोड्ने पुल बगायो
- २२ श्रावण २०७५, मंगलवार
- निरज थकाली
- 4221 पटक पढिएको
ठिनी (मुस्ताङ) । हिमाली जिल्ला मुस्ताङमा लगातारको वर्षात पछि कालिगण्डकी नदीको पानीको सतह अत्यधिक रुपमा बृद्धि भएपछि नदीको कटानका कारण वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा न ४ तिरीमीन्दिमा पर्ने कागबेनी देखि तीरी जोड्ने काठेपुल हिजो साँझ ५ः०० बजे कालीगण्डकी नदिले बगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ (धारा)ले जानकारी दिनुभयो ।
करिव २ वर्ष अघि सांंसद बिकास कोषको करिव १३ लाख लगानी र स्थानीय जनश्रमदान जुटाएर निर्माण गरिएको उक्त पुल संञ्चालनमा आएपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका तीरीका करिव १५ घरधुरी लाभान्वित भएका थिए । पुल संञ्चालन भएपछि साङता हुदै डोल्पा जाने बाटो ,कागबेनी र तीरीका स्थानीय , तिरी जानलाई मोटरसाईकल यात्रा, चौपाया चरन तथा पर्यटकहरु बैकल्पिक पदमार्ग हुँदै उपल्लो मुस्ताङ जाने , जावतमा सहज हुदै आएको थियोे ।
नदीले पुल बगाएपछि तीरी गाउँका स्थानियहरु, कागबेनीका कृषकहरुलाई, डोल्पा जाने यात्रुहरु ,बैकल्पिक पदमार्ग हुँदै उपल्लो मुस्ताङ जाने पर्यटकहरुलाई पुर्ण रुपमा प्रवाभित परेको मुस्ताङका प्रतिनिधि सभा सदस्य प्रेम प्रसाद तुलाचनले जानकारी दिनुभयो ।
उक्त पुल बगाएको स्थलमा आज बिहानै ६ः३० बजे गण्डकि प्रदेश चन्द्र मोहन गौचन, पुर्व सासद श्री माया थकाली , प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल , जिल्ला समन्वय समितिकाे कार्यालय प्रमुख छिरीङ ल्हामाे गुरुङ ,प्रहरी नायब उपरीक्षक महेन्द्र खड्गा, घरपझोङ गाउपालिकाको अध्यक्ष आसबहादुर थकाली , उपाध्यक्ष शर्मिला गुरुङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ र उपाध्यक्ष ढिकी गुरुङको टोलीले निरीक्षण गरेको थियो । यस पुलबाट क्षति भएकोमा हामी मुस्ताङ बासि एकदमै दुखित छौ तत्कालै क्षतिपुर्तिको लागि सघ तथा प्रदेश सरकारमा माग राखिने गण्डकि प्रदेश सांसद चन्द्र मोहन गौचन जानकारी दिनुभयो ।