बेनीमा ‘स्माट खानेपानी आयोजना’ संचालनका लागि अध्ययन सुरु

  • २० श्रावण २०७५, आईतवार
  • धिरन खत्री
  • 2356 पटक पढिएको

म्याग्दी, २० साउन । बेनी नगरपालिकाको मुख्य बजार बेनीलाई प्रविधिमैत्री खानेपानी वितरण गर्नका लागि स्माट खानेपानी आयोजनाको अध्ययन सुरु गरिएको छ । बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको आयोजना र बेनी नगरपालिकाको सहकार्यमा स्माट खानेपानी आयोजना संचालनको लागि प्रारम्भिक अध्ययन सुरु गरिएको हो । सदरमुकाम बेनीमा वितरण गरिएको खानेपानीलाई थप प्रविधिबाट संचालन गरेर ब्यवस्थित रुपमा वितरण गर्न लागि आईतबार कोरियाका आईसिटि प्रोफेसरका टोलीले बेनी खानेपानी संस्थाले वितरण गरेको पानीको मुल, पाईप र ट्यांकीको अवस्थाबारे स्थलगत अध्ययन गरेको थियो ।


कोरियन प्रोफेसर तथा डाक्टर चोए गेउनको सातजनाको टोलीले स्थलगत अनुगमन गर्दै बेनी नगरपालिकाको मेयर हरिकुमार श्रेष्ठसहितको जनप्रतिनिधि, बेनी खानेपानी तथा सरसफाई उपभोक्ता समिति र उपभोक्ता लगायतको टोलीसंग खानेपानीलाई शुद्ध, प्रविधिमैत्री र दिगो बनाउने सम्बन्धि अन्तक्रिया गरिएको छ ।
प्रोफेसर तथा डाक्टर चोएले सदरमुकाम बेनीको भुगोल, संरचनाअनुसार खानोपानीलाई दिगो संचालन गर्न मुलदेखि उपभोक्ताको घरघरमा शुद्ध पानी वितरणसम्म अफिसमै बसेर सम्पुर्ण जानकारी लिने किसिमले स्माट खानोपानी आयोजनाको प्रारम्भीक अध्ययन गरिएको बताए । टोलीले स्थलगत अनुगमनपछि योजना लिएर नगरपालिका र खानेपानी संस्थासंग सहकार्य गरेर निर्माण कार्य सुरु गर्ने उनले बताए ।


शुद्ध पानी वितरणका लागि अफिसमा बसेर बाह्ै महिना मुहानको पानीको अवस्था, भुगोल, कहाँ पाईप विग्रेको, बनाउन कस्तो उपकरण आवश्क पर्छ, मिटर विलिङ, विल भुक्तानी लगायतको काम आईसिटि प्रविधिमार्फत जानकारी लिन योजना सुरु गरिएको टोलीका सदस्य बसन्त बनले बताए । बेनी नगरपालिका र खानेपानी संस्थाको ईच्छाशक्तिअनुसार नेपालमै पहिलो योजना संचालनका लागि बेनी नगरपालिकामा सुरु गरिएको डा. ईन्दिरा पराजुली जानकारी दिईन । स्थलगत अनुगमनपछि छलफल गरेर लागत र जिम्मेवारीसहित योजनाकोे काम अघि बढाईने पराजुलीले बताईन ।
यस आयोजनाले बेनी नगरपालिका वडा ७, ८ र २ वडाको हाडेभिरका बासिन्दालाई लक्षित गरेर खानेपानी आयोजनाको निर्माण सुरु गरिने रहेको छ ।

एशोएस स्कुलका भाईस प्रिन्सिपल किरण सापकोटोल बेनी नगरपालिका पुष्ठभुमिको जानकारी गराएका थिए । संचालन भएको खोनपानी आयोजनाले सदरमुकाम बेनीमा बस्ने १ हजार घरधुरीलाई वितरण गर्दै आएको छ । भने खानेपानीलाई ब्यवस्थित बनाउदै उपभोक्ताको समय सदुपयोग गर्नका लागि प्रविधियुक्त स्माट खानेपानी आयोजनाको अध्ययन सुरु गरिएको समितिका अध्यक्ष सुवास कुमार श्रेष्ठले जानकारी दिए । बेनी नगरपालिका मयेर हरिकुमार श्रेष्ठले नगरको शिक्षा, स्वास्थ्य, सडकसगै र खोनपानीलाई ब्यवस्थित बनाउन गुरु–योजनासहित कार्यपालिका अघि बढेको बताउदै वितरण गरिएको खोनपानीलाई प्रविधिमैत्री बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

बेनी नगरपालिकाका मेयर श्रेष्ठको अध्यक्षता, खानेपानी समितिका अध्यक्ष सुवासकुमार श्रेष्ठको स्वागत मन्तव्य र समितिको सचिव रमेश गिरिको संचालन भएको कार्यक्रममा पुर्व सांसद रेशम बानियाँ, उप–मेयर सञ्जु बरुवाल नेकपा नेता हरिकृष्ण श्रेष्ठ, जनप्रतिनिधि र उपभोक्ताको उपस्थितमा अन्र्तक्रिया सम्पन्न भएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l