म्याग्दी समाचार

दग्नामका मृगौला पिडित तिलिजालाई रु १ लाख ७७ हजार बढी सहयोग

म्याग्दी, १८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाम घर भई वडा नम्बर ३ रघुघाटमा बस्दै आएका मृगौला पिडित राजकुमार तिलिजाको उपचारको लागि स्वदेश तथा विदेशमा रहेका दग्नामबासीले आर्थिक सहयोग संकलन गर्ने अभियानलाई तिब्र पारेका छन् । २२ बर्षका तिलिजाको दुबै मृगौला फेल भएको कारण उनको उपचारको लागि सञ्चालन गरिएको... पुरा पढ्नुहोस

आर्थिक सहायता सम्बन्धि धौलागिरी गाउँपालीकाले यस्तो बनायो कार्यबिधी !

म्याग्दी १८ माघ । म्याग्दीको धौलागिरी गाउँपालीकाले आर्थिक सहायता सम्बन्धि कार्यबिधी बनाएको छ । विपद् पिडीत र जटिल रोगबाट बिरामी परेकाहरुको उपचारका लागि आर्थिक सहायता प्रदान गर्न कार्यबिधी तयार पारिएको हो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा मुना स्थित कार्यालयमा बुधबार बसेको कार्यपालीका बैठकले कार्यबिधी पारित गरेको कार्यपालीकाका प्रवत्ता झकबहादुर... पुरा पढ्नुहोस

पुननिर्माणका लागि डकर्मी तालीम सञ्चालन

    म्याग्दी १७ माघ । म्याग्दीमा भुकम्प प्रभावीतको निजी आवास पुननिर्माणका लागि दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले डकर्मी तालीम सञ्चालन भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा घरेलु तथा साना उद्योग विकास समितिले स्थानीय तह स्तरमा कामदारहरुलाई तालीम दिन थालेको हो । धौलागिरी गाउँपालीकामा २५ जनालाई डकर्मी तालीम प्रदान... पुरा पढ्नुहोस

सलललल कालिगण्डकीः

म्याग्दी, १७ माघ । म्याग्दी र पर्वत जिल्लाको विचमा सललल बगिरहेको कालिगण्डकी नदी । तस्विर ः धिरन खत्री पुरा पढ्नुहोस

युवा कल्वको नेतृत्वमा किमचौरमा सडक मर्मत

म्याग्दी १७ माघ । म्याग्दीको मंगला गाउँपालीका ५ किमचौरमा युवा कल्वको नेतृत्वमा सडक मर्मत गरिएको छ । किमचौरमा रहेको प्रगतिशिल युवा कल्वको नेतृत्वमा सहिद दिवसको अवसरमा मंगलबार अर्मन हुदै ताराखोला जोड्ने सडकको किमचौर खण्डमा मर्मत गरिएको छ । ९० जना स्थानीयबासीन्दाले श्रमदान गरेर तिन किलोमिटर सडक मर्मत गरेको कल्वका अध्यक्ष... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीकाको लघुउद्यम रणनिती तयार

म्याग्दी, १६ माघ । म्याग्दीको धौलागिरी गाउँपालीकाले पञ्चवर्षीय लघुउद्यम विकास रणनितीको मस्यौदा तयार पारेको छ ।स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत साधनको परिचालन, परम्परागत सिप र प्रबिधिलाई आधुनिकीकरण गरि रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नका लागि पञ्चवर्षिय रणनिती तयार पार्न लागेको हो । गाउँपालीकाको आर्थिक सहयोगमा उघुउद्यम विकास कार्यक्रमले स्थानीय स्तरमा... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा बक्तृत्वकला प्रतियोगिता

म्याग्दी, १६ माघ । रघुगंगा गाउँपालीका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा मंगलबार विकासको मुल आधार स्थाई सरकार भन्ने शिर्षकमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा गठन भएको प्रगतिशिल बाल कल्वको आयोजनामा भएको प्रतियोगितामा रघुगंगा माविकी प्रतिभा शर्मा प्रथम, मुक्तिधाम माविका अनुपन केसी दितृय, ज्ञानोदय माविका विशाल बिक... पुरा पढ्नुहोस

न्यु वेस्ट पोईन्टले कब्जा ग¥यो  सातौ बेनी बोडिङ कपको उपाधी 

म्याग्दी, १६ पुष । बेनीमा आयोजित सातौं बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता उपाधी न्यु वेष्ट पोईन्टले जितेको छ । बेनी वोडिङ्ग सेकेण्डरी स्कुलको अन्तर्गत जनुनियर रेडक्रस सर्कलको आयोजनामा आधारभूत तह स्तरीय फुटबल प्रतियोगितामा फाईनलमा बुद्ध एकेडेमी बगरफाँटलाई १ विरुद्ध तिन गोल गर्दै उपाधी जितेको हो । सो उपाधी जिताउन मनिष... पुरा पढ्नुहोस

नदीजन्य पदार्थको जथाभावी दोहन गर्नेलाई प्रशासनको संरक्षण !

म्याग्दी १६ माघ । म्याग्दीका नदीहरुबाट अब्यवस्थित रुपमा नदीजन्य बस्तुको उत्खनन् भएको छ । डोजर, स्काभेटर प्रयोग गरेर नदीको स्वरुप परिवर्तन हुने गरी म्याग्दी र कालीगण्डकी नदीको किनारबाट ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् भएको हो । नदीजन्य बस्तुको उत्खनन् गर्ने जिम्मा लिएका ब्यवसायीहरुले सम्झौता बिपरीत मेसीनको प्रयोग गरेर उत्खनन् गरेका हुन्... पुरा पढ्नुहोस

रीमा गाउँलाई चिनाउने म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, १६ माघ । म्याग्दीको अन्नपुर्ण गाँउपालिका– ७ मा अबस्थित रीमा गाँउलाई चिनाउने म्युजिक भिडियो सार्वजनिक भएको छ । रिमा गाउँको पर्यटकीय एवम् साँस्कृतिक पहिचान झल्काउने ‘‘मोती झै टल्कीने क्या रमाईलो ठाउँ, लोभै लाग्ने मनै छुने हाम्रो रिमा गाउँ’’ बोलको चिनारी गितलाई म्युजिक भिडियो सहित डिभिडी र युट्युब मार्फत बजारमा... पुरा पढ्नुहोस