बेनीमा सेन्चुरी कमर्सियल बैकंको शाखा उद्घाटन

  • २२ श्रावण २०७५, मंगलवार
  • धिरन खत्री
  • 2328 पटक पढिएको

 

म्याग्दी २२साउन । म्याग्दीको सदरमुकाम बेनीमा सेन्चुृरी कमर्सियल बैकको १ सय १२ औँ शाखा स्थापना भएको छ । मंगलबार शाखाको उद्घाटन् बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र बैकंका अध्यक्ष राजेशकुमार श्रेष्ठले सयुक्त रुपमा गरेका हुन् ।

८बर्ष अगाडि स्थापना भएको बंैकले ५२ जिल्लामा सेवा विस्तार गरेको छ । बैकको पुजी बृद्धिका लागि विभिन्न ५ ओटा वित्तिय संस्थासंग मर्ज गरिसकेको छ । ४ लाख २५ हजार ग्राहक रहेको क्षेत्रीय प्रवन्धक शेखर बस्ताकोटीले जानकारी दिए ।शाखाको उद्घाट्न कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सरल र छिटछरितो वित्तिय सेवा प्रवाह गर्न आग्रह गरे । पछिल्लो समय सदरमुकाम बेनीमा वित्तिय संस्थाहरुको बृद्धि भएर अर्थिक कारोबारमा सहज भएको बताउदै ब्यापार ब्यवसायसंगै कृषि, पर्यटन लगायतको क्षेत्रमा सर्वसुलभ तवरले कर्जा प्रवाह गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वित्तिय सुशासनको अभावले जनता मिटर ब्याजमा फसिएको बताउदै सरल बैकिङ सेवा प्रवाहको वातावरण बनाउन आग्रह गरेका थिए । सो कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघ दिप्तिय उपाध्यक्ष तथा बैकँको संस्थापक सदस्य सुविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ सुवेदीले लगायतले स्थानीय ब्यवसाय र कृषकलाई सरल बैकिंङ पुहचसंगै सरल र सुलभ तरिकाले कर्जा प्रवाह गर्न आग्रह गरेका थिए ।

सेन्चुरी बैंकका अध्यक्ष श्रेष्ठको अध्यक्षता, बैकंका क्षेत्रीय प्रवन्धक वस्ताकोटीको स्वागत मन्तव्य र बैंकका संस्थापक सदस्य ईश्वर श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि,राजनीतिक दल, तथा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l