म्याग्दीको छ ओटै स्थानीय तहमा प्रभु बैकंको शाखा

  • २० श्रावण २०७५, आईतवार
  • 2160 पटक पढिएको

म्याग्दी, २० साउन । जिल्लाका ६ वटै स्थानीय तहमा प्रभु बैंकले शाखा विस्तार गरेको छ । बुधवार मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शाखा विस्तार गरि प्रभुले सबै स्थानीय तहमा शाखाको पहुँच विस्तार गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट (क) बर्गको वाणिज्य बैंकको मान्यता पाएको प्रभुले बैँकीङ कारोबार गर्न शाखा विस्तारले सहयोग पुग्ने बताउँदै संघियसंरचनाअनुसार स्थानीयबासीलाई आर्थिक कारोबारमा सहज सुविधा दिनका लागि विस्तार गरिएको प्रभु बैकले बताएको छ ।
नेपाल सरकारले प्रभु बैँकलाई म्याग्दीका सबै स्थानीय तहमा सरकारी कारोबारको लागि समेत अनुमती दिएको छ । बेनी र दरबाङबाट सेवा प्रवाह गर्दै आएको प्रमु बैँकले असारमा रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट र धौलागिरि गाउँपालिका–७ ताकममा शाखा विस्तार गरिसकेको छ ।
हरेक स्थानीय तहमा बैँकीङ पहुँच पु¥याउने सरकारको लक्ष्य अुनसार नै राष्ट बैँकको अनुमती अनुसार म्याग्दीका सबै स्थानीय तहमा शाखा विस्तार गरिएको प्रभु बैँक क्षेत्रीय कार्यालय पोखराका प्रमुख पेशल दाहालले जानकारी दिए ।