बलत्कारलाई न्युनिकरण गर्न बेश्याबृतिलाई कानुनी मान्यताको माग गर्दै बेनिका चोकेचोकमा पोष्टर

  • २१ श्रावण २०७५, सोमबार
  • 2879 पटक पढिएको


म्याग्दी, २१ साउन । पछिलो समय देशमा बलत्कारको घटना मूख्य अपराधको रुपमा देखिएको छ । त्यसमा अवोध नाबालिका बलत्कारको घटनाले देशब्यापी रुपमासामाजिक संजाल र पत्रपत्रिको माध्यमबाट कानुन सम्वन्धि बहस चलिरहेको छ। देशब्यापी रुपमा बलत्कारलाई न्युनिकरण गर्न बेश्याबृतिलाई कानुनी मान्यता दिन माग गर्दै बेनीका चोकचोकमा पोष्टरले रंगिएको छ। जसलाई सामाजिक संजालमा केही ब्यक्तिले बहसमा ल्याईरहेको छन् ।


गए राती म्याग्दी सदरमुकाम बेनिका विभिन्न स्थानहरुमा एक समुहले“Let’s Legalized the prostitution, Let’s Stop the Rape.” भन्दै पोष्टरहरु जिल्ला प्रशासन कार्यलय, म्याग्दी बहुमुखि क्याम्पस, बेनि सामुदायिक लगायतका क्याम्पसको गेटमा  पोष्टरहरु टासिएका छन् ।
पोष्टरमा यस्तो लेखिएको छ ।

आउनुहोस् एउटा बहस सुरु गरौ ।
म माथी भै रहेको अपराध हो र ?
यस्लाइ बलात्कार भनिन्छ भन्ने थाहा नपाउने बालिका कति ?
थाहा पाएर पनि इज्जतका पैसाका नाम मा बाहिर नआएका घटना कति ?
बाहिर आए पनि पुलिस प्रशासन नेता ले मिलाएर मिडिया मा नआएका घटना कति ?
एक अध्यन ले बताउछ एक तिहाइ बलात्कारका घटना मात्र मिडियामा आउछ्न ।
हत्यारा लाई फाँसी दिइने देशमा के हत्या हुदैनन बलात्कारि लाई फाँसी भन्ना साथ बलात्कार कम हुने हुन र ? के बैकल्पिक बाटा छैनन ?

“Let’s Legalized the prostitution, Let’s Stop the Rape.”
“बैधानिक र ब्यवस्थित बेश्यालय ले बलात्कार का घटना कम गर्न सकिन्छ“
रेड लाइट एरिया लाई कानुनी मान्यता प्रधान गर्न सरकार लाई एक दबाब ।