म्याग्दी समाचार

युवा कल्वको नेतृत्वमा किमचौरमा सडक मर्मत

म्याग्दी १७ माघ । म्याग्दीको मंगला गाउँपालीका ५ किमचौरमा युवा कल्वको नेतृत्वमा सडक मर्मत गरिएको छ । किमचौरमा रहेको प्रगतिशिल युवा कल्वको नेतृत्वमा सहिद दिवसको अवसरमा मंगलबार अर्मन हुदै ताराखोला जोड्ने सडकको किमचौर खण्डमा मर्मत गरिएको छ । ९० जना स्थानीयबासीन्दाले श्रमदान गरेर तिन किलोमिटर सडक मर्मत गरेको कल्वका अध्यक्ष... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीकाको लघुउद्यम रणनिती तयार

म्याग्दी, १६ माघ । म्याग्दीको धौलागिरी गाउँपालीकाले पञ्चवर्षीय लघुउद्यम विकास रणनितीको मस्यौदा तयार पारेको छ ।स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत साधनको परिचालन, परम्परागत सिप र प्रबिधिलाई आधुनिकीकरण गरि रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नका लागि पञ्चवर्षिय रणनिती तयार पार्न लागेको हो । गाउँपालीकाको आर्थिक सहयोगमा उघुउद्यम विकास कार्यक्रमले स्थानीय स्तरमा... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा बक्तृत्वकला प्रतियोगिता

म्याग्दी, १६ माघ । रघुगंगा गाउँपालीका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा मंगलबार विकासको मुल आधार स्थाई सरकार भन्ने शिर्षकमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा गठन भएको प्रगतिशिल बाल कल्वको आयोजनामा भएको प्रतियोगितामा रघुगंगा माविकी प्रतिभा शर्मा प्रथम, मुक्तिधाम माविका अनुपन केसी दितृय, ज्ञानोदय माविका विशाल बिक... पुरा पढ्नुहोस

न्यु वेस्ट पोईन्टले कब्जा ग¥यो  सातौ बेनी बोडिङ कपको उपाधी 

म्याग्दी, १६ पुष । बेनीमा आयोजित सातौं बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता उपाधी न्यु वेष्ट पोईन्टले जितेको छ । बेनी वोडिङ्ग सेकेण्डरी स्कुलको अन्तर्गत जनुनियर रेडक्रस सर्कलको आयोजनामा आधारभूत तह स्तरीय फुटबल प्रतियोगितामा फाईनलमा बुद्ध एकेडेमी बगरफाँटलाई १ विरुद्ध तिन गोल गर्दै उपाधी जितेको हो । सो उपाधी जिताउन मनिष... पुरा पढ्नुहोस

नदीजन्य पदार्थको जथाभावी दोहन गर्नेलाई प्रशासनको संरक्षण !

म्याग्दी १६ माघ । म्याग्दीका नदीहरुबाट अब्यवस्थित रुपमा नदीजन्य बस्तुको उत्खनन् भएको छ । डोजर, स्काभेटर प्रयोग गरेर नदीको स्वरुप परिवर्तन हुने गरी म्याग्दी र कालीगण्डकी नदीको किनारबाट ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् भएको हो । नदीजन्य बस्तुको उत्खनन् गर्ने जिम्मा लिएका ब्यवसायीहरुले सम्झौता बिपरीत मेसीनको प्रयोग गरेर उत्खनन् गरेका हुन्... पुरा पढ्नुहोस

रीमा गाउँलाई चिनाउने म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, १६ माघ । म्याग्दीको अन्नपुर्ण गाँउपालिका– ७ मा अबस्थित रीमा गाँउलाई चिनाउने म्युजिक भिडियो सार्वजनिक भएको छ । रिमा गाउँको पर्यटकीय एवम् साँस्कृतिक पहिचान झल्काउने ‘‘मोती झै टल्कीने क्या रमाईलो ठाउँ, लोभै लाग्ने मनै छुने हाम्रो रिमा गाउँ’’ बोलको चिनारी गितलाई म्युजिक भिडियो सहित डिभिडी र युट्युब मार्फत बजारमा... पुरा पढ्नुहोस

थकाली समाजद्धारा रातोढुङ्गामा सामुदायीक भवन निर्माण

मालीका १५ माघ । म्याग्दीको मालीका गाउँपालीका ६ रातोढुङ्गामा थकाली सेवा समाज दरवाङ क्षेत्रले सामुदायीक भवन निर्माण गरेका छन् । भेला, बैठक, छलफल, तालीम, बिवाह, छेवार, किरीया जस्ता कार्यक्रम गर्न स्थानीयलाई सुबिधा पुगोस भन्ने उद्देश्यले सरकारी निकायको सहयोग बिनै थकाली समुदायले २७ लाख रुपैया भन्दा बढी खर्च गरेर भवन निर्माण... पुरा पढ्नुहोस

मंगलाघाटमा प्रहरी बिट स्थापना

बेनी १५ माघ । बेनी नगरपालीका ७ मंगलाघाटमा प्रहरी बिट स्थापना भएको छ । सदरमुकाम बेनी बजारको पश्चिमी नाकामा रहेको मंगलाघाटमा स्थापना भएको प्रहरी बिटको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । सो प्रहरी बिटमा हवल्दारको नेतृत्वमा पाँच जना प्रहरी खटिएका छन् । बजार प्रवेश गर्ने नाका... पुरा पढ्नुहोस

रत्नेचौरमा फागु पुर्णिमाको अवसरमा फुटवल प्रतियोगिता आयोजना हुने

म्याग्दी, १५ माघ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा फुटवल प्रतियोगिता हुने भएको छ । रत्नेचौर जागरण समुहले फागु पुर्णिमा पर्वको अवसरमा फाल्गुण १४ देखी रत्नेचौर खेलकुद मैदानमा साविक धवलागिरी अन्चल स्तरीय सेभेन ए साईड फुटवल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा बिजेतालाई नगद रु ५१ हजार १११ र उपबिजेतालाई नगद... पुरा पढ्नुहोस

देविस्थानकी मृगौला पिडित घर्तिको जिवनरक्षाको लागि आर्थिक सहयोगको अपिल

म्याग्दी, १५ माघ । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानकी मृगौला पिडित नरु घर्तिको उपचारको लागि आर्थिक सहयोग गर्न उनको घरपरिवारले अपिल गरेका छन् । दुबै मृगौला फेल भई पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचाररत ४५ बर्षिय घर्तिको जिवनरक्षाको लागि आर्थिक सहयोग गरि उपचारमा सहयोग गर्न उनका घरपरिवारले आह्वान गरेका हुन् ।... पुरा पढ्नुहोस