साउनको तेस्रो सोमबार गलेश्वर मन्दिरमा भक्तजनको भिड

  • २१ श्रावण २०७५, सोमबार
  • 2635 पटक पढिएको

म्याग्दी, २१ साउन । म्याग्दीको प्रशिद्ध प्रमुख धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको तेस्रो सोमबार भक्तजनको भिड लागेको छ । रघुगंगा र कालिगण्डकी नदीको पवित्र संगमस्थदमा ९ रोपनीमा भैलिएको चक्रशिलामा माथि रहेको धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको विशेष पुजाले भक्तजनको भिड लाग्ने गरेको हो ।
सोमबारको दिन भगवान शिवको पवित्र पर्व रहेकोले भक्तजनले मागेका पुरा हुने हुदाँ भक्तजनहरुको गलेश्वरधाममा भिड लाग्ने गर्छ । तेस्रो सोमबार करिव १५ हजार भक्तजनले गलेश्वरधामको दर्शन गरेका छन् ।
गलेश्वरधाममा युवायुवतीको भिडसंगैे भगवानको  मुक्तिमा फोटोहरु लिने गर्दछ्न् । शिवालय मन्दिरमा भक्तजनको पुजालाई ब्यवस्थित बनाउन विभिन्न क्षेत्रका आमासमुह, क्लव, संघसस्था र विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु स्वयमसेवक  गर्दै आएका छन् ।