म्याग्दी समाचार
गलेश्वर मन्दिरमा एक महिनामै १३ लाख बढी भेटि संकलन
- 7 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७५, मंगलवार
म्याग्दी, २९ साउन । प्रसिद्ध धार्मिक स्थल बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा साउन महिनामा कुल रु १३ लाख २७ हजार ४५२ भेटी संकलन भएको छ । साउन महिनामा परेका चार वटा सोमबारमा पुजा गर्न आएका भक्तजनहरुबाट उक्त भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बम बहादुर पुनले बताए ... पुरा पढ्नुहोस
ऋखार क्षेत्रमा भक्तजनको स्वागतार्थ जनश्रमदानमा गेट तयार
- 7 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७५, मंगलवार
म्याग्दी, २९ साउन । सप्तऋषिले तपस्या गरेको पूण्यभूमि ऋखारमा पुजापाठ र दर्शनका लागि आउने भक्तजनका लागि स्वागत गेट बनाईएको छ । रघुगंगा गाउँपालिका– ८ दुवाडीमा ऋखार संरक्षण तथा सुधार समिति र देउराली आमा समूहको ७ लाख रुपैयाँ नगद र जनश्रमदानमा स्वागत गेट बनाईएको हो । उक्त गेट भाद्र ५ गते... पुरा पढ्नुहोस
तिजको अवसरमा बेनीमा छात्रा फुटबल प्रतियोगिता
- 7 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७५, मंगलवार
बेनी, २९ साउन । जिल्ला खेलकुद विकास समिति म्याग्दीले आधा आकास ढाकेका महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा म्याग्दी खेलकुद कप छात्रा फुटबल प्रतियोगिताको आयोजना गरेको छ । समितिले मंगलबार कार्यालयमा पत्रकार सम्मेलन मार्फत आगमी भदौ २५,२६ र २७ गते छात्रा फुटबलको आयोजना गर्न लागेको जानकारी दिएको... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक अवरुद्ध
- 7 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७५, मंगलवार
म्याग्दी २९ साउन । दर्जनौ ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमालीजिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार बिहानदेखि अवरुद्ध बनेको छ । ७६ किलोमिटर दुरीको सडकको बेनी देखि घाँसा खण्डमा पहिरोका कारण सवारी आवागतम अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु बाटोमै... पुरा पढ्नुहोस
बेनीमा विहानै विष्फोटको आवाज, बन्दले जनजिवन प्रभावीत
- 7 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७५, मंगलवार
बेनी २९ साउन । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित भएको छ । केही दिनअघि पक्राउ गरिएका नेकपाका प्रवत्ता खड्काबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायत नेता कार्यकर्ताको बिना सर्त रिहाईको माग गर्दै बन्दको आव्हान गरेको हो । बन्दका कारण बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने... पुरा पढ्नुहोस
गलेश्वरधामा साउन महिनामा एक लाख बढी भक्तजन भित्रिए (भिडियो सहित)
- 7 बर्ष, 6 महिना अगाडि
- २८ श्रावण २०७५, सोमबार
म्याग्दी, २८ साउन । बेनी नगरपालीका –९ मा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनामा १ लाख बढी भक्तजनद्धारा पुजा अर्चना भएको छ । भगवान शिबको बिषेश पुर्जा हुने साउन महिनाका चार वटा सोमबारमा गरि करिब १ लाख २० हजारको हाराहारीमा भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको... पुरा पढ्नुहोस
हाईपर क्रु बेनी समुहको संयोजकमा बानियाँ चयन
- 7 बर्ष, 6 महिना अगाडि
- २८ श्रावण २०७५, सोमबार
म्याग्दी, २८ साउन । विभिन्न सामाजिक कार्यहरुमा सक्रिय हाईपर क्रु नेपालको म्याग्दीमा पनि समुह गठन भएको छ । सोमबार बेनीमा भएको एक भेलाले अनुप बानियाँको संयोजकत्वमा ६४ सदस्यीय टोली चयन गरेको हो । हाईपर क्रु बेनी समुहले समाजमा हुने विभिन्न घटनाहरुमा सक्रियतापूर्वक सहभागीता जनाएर सहयोग गर्ने संयोजक बानियाँले बताए ।... पुरा पढ्नुहोस
पवित्र आमा समुहद्धारा गलेश्वरमा आएका भक्तजनलाई निशुल्क जुस !
- 7 बर्ष, 6 महिना अगाडि
- २८ श्रावण २०७५, सोमबार
म्याग्दी, २८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुहले बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाममा साउन महिनाको अन्तिम सोमबार आएका भक्तजनहरुलाई जुस खुवाएका छन् । आमा समुहका सदस्यहरुबाट रु १२ हजार संकलन गरि आमा समुहका पदाधिकारी एवम सदस्यहरुको एक टोलीले सोमबार दिनभर जसो गलेश्वरधाम मन्दिर परिसरमा भक्तजनहरुलाई निःशुल्क... पुरा पढ्नुहोस
क्याम्पसका विद्यार्थीलाई ट्राफिक सम्बन्धि प्रशिक्षण
- 7 बर्ष, 6 महिना अगाडि
- २८ श्रावण २०७५, सोमबार
म्याग्दी २८ साउन । बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई सोमबार ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएको छ ।जिल्ला युवा समितिको कार्यालयले १८ औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक शिवप्रसाद पाठकले सहजिकरण गरेका थिए । ६० जना विद्यार्थीहरु सहभागी कार्यक्रममा सवारी... पुरा पढ्नुहोस
सरकारी कार्यालयको लेखापरिक्षण सुरु
- 7 बर्ष, 6 महिना अगाडि
- २८ श्रावण २०७५, सोमबार
म्याग्दी, २८ साउन । महालेखा परिक्षण कार्यालयको आयोजनामा म्याग्दीका सरकारी कार्यालयको लेखापरिक्षण सुरु गरिएको छ। आर्थिक बर्ष २०७४/०७५ मा जिल्लाका सरकारी कार्यालयले गरेको आम्दानी र खर्चको मलेपको आयोजनामा लेखापरिक्षण सुरु गरिएको हो ।नयाँ संघिय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहअनुसार जिल्लाका सबै सरकारी कार्यालयको विकास निर्माणमा आर्थिक पारर्दशिताको लागि र... पुरा पढ्नुहोस