भुरुङ तातोपानीको वडा समितिद्धारा दुख व्यक्त
- २० भाद्र २०७५, बुधबार
- 2067 पटक पढिएको
बेनी २० भदौ । अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीको गाडापानी टोल विकास समितिका अध्यक्ष बमबहादुर पुर्जा कालीगण्डकीमा वेपत्ता भएको घटनाप्रति मंगलबार बसेको वडा समितिको बैठकले दुख व्यक्त गरेको छ ।
उपचारका लागि बेनी आउने क्रममा सोमबार भिरकाटेमा पहिरोले अवरुद्ध बनाएको सडक हिडेर पार गर्ने क्रममा चिप्लीएर कालीगण्डकीमा खस्दा पुर्जा वेपत्ता हुनुभएको थियो । वडा अध्यक्ष ओमप्रसाद फगामीको अध्यक्षतामा बसेको बैठकले बेनी जोमसोम सडकलाई सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।