सुरेसको उपचारका लागि एक लाख तिरहत्तर हजार आर्थिक सहयोग

  • १९ भाद्र २०७५, मंगलवार
  • 2429 पटक पढिएको

बेनी १९ भदौ । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि मंगलबार एक लाख तिरहत्तर हजार २६ रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । स्वदेश तथा विदेशमा संकलित रकम मंगला गाउँपालिका–१ खानीगाउँकी सिता अर्मजाले आर्थिक संकलन संयोजक सिता पाईजा र लालकुमार रोकालाई हस्तान्तरण गरेकी हुन् ।


बचाउ अभियानमा मंगला १ खानीगाउँ हाल साउदी अरव रहेका होम बहादुर अर्मजा ४५ हजार, केएफसी गाईज मलेसिया ग्रुपबाट ४७ हजार ८२३ रुपैयाँ, मंगला गाउपािलका १ कुहु हाल साउदी लोकबहादुर फगामीले ६० हजार र मंगला गाउँपालिका १ पुर्णगाउँका राजु अर्मजाले २० हजार १०५ रुपैया सहयोगमा सो रकम संकलन भएको थियो ।

दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान मार्फत सहयोग उठाईरहेको छ। उनको उपचारमा २५ लाख भन्दा माथि खर्च लाग्ने भएपछि सो रकम अभियान सुरु गरिएको थियो । हालसम्म खातामा ५ लाख २१ हजार रुपैया रकम संकलन भएको कोषका अध्यक्ष राजेश शाक्यले बताए ।