काफलडाँडामा श्रमदानबाट पदमार्ग

  • २० भाद्र २०७५, बुधबार
  • 2390 पटक पढिएको

म्याग्दी २० भदाै ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडाका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । करबाकेली पर्यावरणीय पदमार्ग अन्तरगत करबाकेली देखि फुलबारी खण्डको जंगलमा पैदलमार्ग निर्माण गरेका हुन् । करबाकेली संरक्षण समितिको पहलमा काफलडाँडाका बासिन्दाहरुले श्रमदान गरेर तिन किलोमिटर पदमार्ग निर्माण गरिएको समितिका रवी गर्बुजापुनले जानकारी दिनुभयो ।   

७० घरधुरीबाट एक÷एकदिनका दरले श्रमदान गरेर जंगलभित्र नया पदमार्ग निर्माण र पुरानो पदमार्ग स्तरोन्नती गरिएको हो । पदमार्ग निर्माण र स्तरोन्नती भएपछि पर्यटकले बाटो बिराउने तथाअलमलीने समस्या हट्ने अपेक्षा गरिएको छ ।

पुन थरका मगर समुदायको कुल देवता करबाकेली बाबाको अवसान भएको स्थान कराबाकेली डाँडालाई केन्द्र बनाएर गत बैशाखमा करबाकेली ईको ट्रेक पहिचान भएको थियो । नक्साङकन भईसकेको पदमार्गमा पर्यटक आगमन हुन थालेको छ ।