स्थापना दिवसको अवसरमा बौद्धिक अपाङ्ग विद्यार्थीलाई सहयोग

  • १९ भाद्र २०७५, मंगलवार
  • 2411 पटक पढिएको


म्याग्ली, १९ भदौ। नेपाल निजामति कर्मचारी युनियन (सघ) जिल्ला कार्यसमिति म्याग्दीले आफ्नो २९ औँ स्थापना दिवसको अवसरमा बौद्धिक अपाङ्गग भएका विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरेको छ।
बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बाल जागृति आधारभूत विद्यालयमा रहेका २९ जान विद्यार्थीका लागी १० हजार बराबरको कपि, कलम, पेन्सील, सामान्यज्ञान, बाल साहित्यका पुस्तकहरु वितरण गरिएको हो । सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस म्याग्दीका कार्यबाहक अध्यक्ष माधव रेग्मीले बौद्धिक अपाङ्गग भएका विद्यार्थीहरुका लागी सबैले सहयोग गर्न आग्रह गरेका थिए।
कार्यक्रममा विद्यायका प्रअ भक्त कार्कीे विद्यार्थीहरुका लागी सरकारले दिने छात्रबृद्धिले मात्र नपुग हुने भएकाले कसैको जन्मदिन, कुनै दिवस, मनकारीहरुको सहयोगले विद्यालयमा सहज भएको बताए।
संघका अध्यक्ष लिलानाथ पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा आधिकारीक ट्रेड युनियनका उपाध्यक्ष डिल्लीराम रेग्मीको स्वागत गरेको कार्यक्रममा नेपाली काग्रेसका प्रबक्ता अजय मिलन श्रेष्ठ, सचिव क्या मिन बहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण हमालले मन्तव्य राखेका थिए। भने कार्यक्रम संघका सचिव बलराम बानियाँले सञ्चालन गरेका थिए।