बेनीमा २५ जनाले गरे रक्तदान

  • १९ भाद्र २०७५, मंगलवार
  • 1821 पटक पढिएको

म्याग्दी, १९ भदौ । ५६ औँ नेपाल रेडक्रस दिवसको अवसरमा म्याग्दीमा २५ जनाले रक्तदान गरेका छन् । विभिन्न सामाजिक कार्यमा सक्रिय हाइपर क्रु नेपाल म्याग्दीले मंगलवार आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका २५ जनाले रक्तदान गरेको संस्थाका म्याग्दी अध्यक्ष अनुप बानियाँले जानकारी दिनुभयो ।


कार्यक्रममा बोल्दै रेडक्रस म्याग्दीका सभापती लेख बहादुर हमालले रक्तदान नै जिवनदान भएको चर्चा गर्दै युवायुवतीहरु रक्तदान अभियानमा सक्रिय हुनु सकरात्मक पक्ष रहेको बताउनुभयो । कार्यक्रममा ५१ पटक सम्म रक्तदान गर्नुभएका नेपाल रेडक्रस सोसाईटी म्याग्दीका उपमन्त्री समेत रहनुभएका स्वयमसेवी रक्तदाता अभियन्ता सुरत केसीलाई सम्मान गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी म्याग्दीले उहाँलाई दोसल्ला र सम्मान पत्र सहित धेरै रक्तदान गरेकोमा सम्मान गरेको हो ।