म्याग्दी समाचार
टोड्के क्षेत्र विकास कोषको नयाँ नेतृत्व चयन, अध्यक्षमा आचार्य
- 6 बर्ष, 10 महिना अगाडि
- १८ असार २०७५, सोमबार
म्याग्दी,१८ असार । म्याग्दीको मंगला र रघुगंगा गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा रहेको आकर्षक पर्यटकीय स्थल टोड्के क्षेत्रको पर्यटन विकास र प्रचार प्रसारमा सक्रिय रहेको टोड्के क्षेत्र विकास कोषको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा भएको कोषको छैटौँ साधारण सभा तथा दोस्रो अधिबेशनबाट पर्यटन व्यवसायि ताराप्रसाद आचार्य ‘बाबुराम’को... पुरा पढ्नुहोस
लघुवित्तका कर्मचारीलाई ऋणीले थुनेपछि ………..
- 6 बर्ष, 10 महिना अगाडि
- १८ असार २०७५, सोमबार
म्याग्दी, १८ असार । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ऋणी खोज्दै पुगेका एक लघुवित्त संस्थाका कर्मचारीलाई ऋणीले केही घण्टा थुनेको रहस्य बाहिर आएको छ । समुह मार्फत ऋण लगेर किस्ता समयमै नतिरेपछि ताकेता गर्दै गाउँमा पुगेका जनसेवी लघुविक्त वित्तिय संस्था दरबाङका दुई कर्मचारीलाई रुमकी बिमला रोकाले केही घण्टा कोठाभित्रै थुनेकी हुन्... पुरा पढ्नुहोस
रुमको टाक्सेखोलामा निर्माण भएको झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- १८ असार २०७५, सोमबार
म्याग्दी, १८ असार । म्याग्दीको मालिका गाउँपालीका २ रुम र ३ नम्बर वडाको सेउलुङ बस्तीलाई जोड्ने टाक्सेखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । टाक्से खोलामा रहेको पुरानो र जिर्ण झोलुङ्गे पुलको विकल्पमा निर्माण गरिएको ६४ मिटर लामो उक्त झोलुङ्गे पुलको आईतवार उद्घाटन गरिएको छ । नवनिर्मित पुलको उद्घाटन गर्दै मालिका... पुरा पढ्नुहोस
फुलबारीमा सार्वजनीक सुनुवाई
- 6 बर्ष, 10 महिना अगाडि
- १८ असार २०७५, सोमबार
फुलबारी, १७ असार । म्याग्दीको मालिका गाउँपालीका ४ फुलबारीमा आईतबार सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मालीका गाउँपालीकाको सहयोग र म्याग्दी मिडिया सोसाईटीसंगको समन्वयमा संगम म्याग्दीले स्थानीय तहको गतिबिधि, विकास निर्माणमा पारदर्शीता, नागरीकको गुनासो, समस्या, अपेक्षा, सुझाव संकलन गर्ने उद्देश्यले सुनुवाईको आयोजना गरेको हो । सुनुवाईमा सहभागी स्थानीयबासीहरुले वडा... पुरा पढ्नुहोस
जनप्रतिनिधिलाई लैङ्गिक हिंसा निवारणसम्बन्धी अभिमुखीकरण
- 6 बर्ष, 10 महिना अगाडि
- १७ असार २०७५, आईतवार
म्याग्दी, १७ असार । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिहरुका लागि लैङ्गिक हिंसा निवारणसम्बन्धी अभियानको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालय महिला तथा बालबालिका विभागको आयोजनामा जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरण कार्यक्रममा लैङ्गिक हिंसाका विविध रुप र... पुरा पढ्नुहोस
विद्युतिय भुक्तानी पारदर्शि
- 6 बर्ष, 10 महिना अगाडि
- १७ असार २०७५, आईतवार
म्याग्दी,१७ असार । छिटो, सरल, सहज र पारदर्शिताको लागि प्रयोग गरिएको विधुतिय भुक्तानी म्याग्दीमा पारदर्शि भएको छ। महालेखा नियन्त्रयण कार्यालयको सहयोगमा चैत २२ गतेदेखि म्याग्दीमा सुरु भएको विद्युतिय भुक्तानीको सहजता, प्रविधिमा भएको समस्या र सुधारबारे आईतबार बेनीमा अन्तक्रिया गरिएको हो । कोष नियन्त्रण कार्यालयको आयोजना भएको अन्तक्रिर्या कार्यक्रममा कोष नियन्त्रक... पुरा पढ्नुहोस
एकमहिने धिमेबाजा एवं बाँसुरी प्रशिक्षण तालिम सकियो (फोटोफिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- १७ असार २०७५, आईतवार
म्याग्दी, १७ असार । ‘कला संस्कृति प्रवद्र्धनमा सफलता, प्रशिक्षण सहभागितामा सक्रियता र निरन्तरता’ भन्ने नारासहित सञ्चालित बाजा प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । नेपाल भाषा मंका ः खल अन्तर्गत मैजु खल म्याग्दीको आयोजना र बेनी नगरपालिका वडानम्बर–७ को सहयोगमा एक महिनासम्म चलेको धिमे एवं बाँसुरी बाजा प्रशिक्षण तालिम सकिएको... पुरा पढ्नुहोस
स्थानीय तहमा २५ शैयाको अस्पताल
- 6 बर्ष, 10 महिना अगाडि
- १७ असार २०७५, आईतवार
म्याग्दी, १७ असार । प्रदेश नम्बर ४ को सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा २५ शैयाको अस्पताल स्थापनाको निणर्य गरेको छ । मन्त्रालयको आयोजनामा म्याग्दीको स्थानीय तहमा ५० र २५ शैयाको अस्पताल स्थापनामा जग्गाको अवस्थाबारे र स्वास्थ्य चौकीको सेवाप्रवाहबारे जनप्रतिनीधि र स्वास्थ्य संयोजकसंग आईतबार छलफल गरिएको छ ।... पुरा पढ्नुहोस
पाँचदिने उद्घोेषण तालिम सुरु
- 6 बर्ष, 10 महिना अगाडि
- १७ असार २०७५, आईतवार
म्याग्दी, १७ असार । एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीको आयोजनामा शनिबारदेखि सदरमुकाम बेनीमा पाँचदिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले नगरपालिकाले सबै क्षेत्र, बर्ग र समुदायलाई एकसाथ अघि लैजाने उद्देश्य अनुसार केन्द्रसँग... पुरा पढ्नुहोस
रुमको स्लेट खानीलाई व्यवस्थित गर्न माग
- 6 बर्ष, 10 महिना अगाडि
- १७ असार २०७५, आईतवार
रुम, १७ असार । म्याग्दीको मालीका गाउँपालीका २ रुममा रहेको स्लेट खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीयबासीले माग गरेका छन् । गाउँपालीकाको सहयोग र म्याग्दी मिडिया सोसाईटीसंगको समन्वयमा संगम म्याग्दीले शनिबार वडा कार्यालयमा आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयबासीहरुले स्लेट खानीलाई स्पष्ट कानुनी ब्यवस्था गरेर व्यवस्थित रुपमा सञ्चालन गर्न... पुरा पढ्नुहोस