‘चन्द्रका भजन’ संग्रह विमोचन

  • २० आश्विन २०७५, शनिबार
  • 3692 पटक पढिएको

बेनी २० असोज । साहित्यकार चन्द्र लामिछानेको ‘चन्द्रका भजन’ संग्रह शनिबार विमोचन गरिएको छ । साहित्यकार लामिछानेद्वारा लिखित भजन संग्रहको विमोचन गण्डकी प्रदेशका सांसद विनाद केसीले गरेका हुन् । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा बस्दै आएका लामिछाने गलेश्वर मावि तोरीपानीमा शिक्षण पेशासंगै विभिन्न संसार माध्यम एवम् साहित्यीक पत्रिकामा फुटकर कथा, कविता र निवन्ध लेख्दै आएका थिए । साहित्य क्षेत्रको भजन क्षेत्र ओझेलमा पर्दै गएको बेला उनले जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकियस्थल गलेश्वरधाम मन्दिर क्षेत्रलाई समेटेर पहिलो कृति भजनसंग्रह प्रकाशन गरेका हुन् ।


म्याग्दी साहित्य संचारको आयोजना, अनेसास धौलागिरि कार्यसमिति र लायन्स क्लव अफ बेनी म्याग्दीको सहयोगमा शनिबार भजन संग्रहको विमोचन गरिएको थियो । म्याग्दी साहित्य संचारकी कोषाध्यक्ष हिरा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद केसीले साहित्य समाजको प्रतिविम्व भएको बताउदैँ जिल्लाको धार्मिक क्षेत्रको पहिचान सहितको भजन संग्रहले ओझेलमा परेको साहित्यलाई उजागरमा टेवा पु¥याउने बताए । नेपालको पहिचान अन्तराष्ट्रियस्तरमा साहित्यले पनि चिनाउन सफल भएको उदाहरण ईतिहासले देखाएको बताउदै साहित्यकारहरुले समसामयिक विषमा कलम चलाउन आवश्यक देखिएको बताए ।


सोही कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास समितिका उपाध्यक्ष भिमनाथ पराजुली, माउण्ट एभरेष्ट माविका प्रिन्सिपल त्रिदेव उपाध्याय, गलेश्वर मावि तोरीपानीका प्रअ रामप्रसाद सुवेदीले र नेपाली काग्रेस म्याग्दीका नेता क्याप्टेन मिनबहादुर कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।


सो कार्यक्रममा नन्दकला साहित्य संचार म्याग्दीका अध्यक्ष गणनाथ पौडेलले भजन संग्रहको समिक्षा गरेका थिए । भने साहित्यकार दण्डपाणी सापकोटा, शंकर चोखाल लगायतका साहित्यकारहरुले रचना वाचनले कार्यक्रमलाई साहित्यमय बनाएका थिए । म्याग्दी साहित्य संचारका अध्यक्ष लोकनाथ भुषालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन उपाध्यक्ष सन्दिप खत्रीले संचालन गरेका थिए ।