खेलाडी छनोट सुरु

  • २० आश्विन २०७५, शनिबार
  • 2083 पटक पढिएको


बेनी, २० असोज । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलाडी छनोट प्रतियोगिता सुरु गरिएको छ । शनिबारदेखि कालिपुल बसपार्कको खेलकुद मैदानमा बास्केटबल छनोट प्रतियोगिता सुरु गरिएको छ ।
बास्केटवल खेलाडी छनोट प्रतियोगितामा जिल्लाका २७ जना खेलाडीको सहभागिता रहेको छ। समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्तममा बेनी नगरपालिका प्रवक्ता एवम् वडा–८ का वडाअध्यक्ष रामकृष्ण बराईलीले उद्घाटन गरेका हुन् ।


२७ जना खेलाडीलाई अभ्यासबाट उतकृष्ट क्षमतावान खेलाडी छनौट गरि आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाईने छ । जिल्ला खेलकुद विकास समितिले बास्केटबल, भलिबल, दौड लगायतको विधामा खेलाडी छनोट गरि प्रतियोगितामा सहभागि गराईने अध्यक्ष विश्वकर्माले जानकारी दिए । कार्यालय प्रमुख दानबहादुर राईको संचालनमा सम्पन्न भएको थियो ।