म्याग्दी समाचार

मुस्ताङको कागबेनी देखि तीरी जोड्ने पुल बगायो

ठिनी (मुस्ताङ) । हिमाली जिल्ला मुस्ताङमा लगातारको वर्षात पछि कालिगण्डकी नदीको पानीको सतह अत्यधिक रुपमा बृद्धि भएपछि नदीको कटानका कारण वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा न ४ तिरीमीन्दिमा पर्ने कागबेनी देखि तीरी जोड्ने काठेपुल हिजो साँझ ५ः०० बजे कालीगण्डकी नदिले बगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ (धारा)ले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

म्याग्देली गायक कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको भजन गीत सार्वजनिक (भिडियो सहित)

म्याग्दी, २१  साउन।  म्याग्दीका चर्चित लोकगायक रवि कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको गीत सार्वजनिक भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित निर्माण गरिएको सो गीत म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो । साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन... पुरा पढ्नुहोस

साउनको तेस्रो सोमबार गलेश्वर मन्दिरमा भक्तजनको भिड

म्याग्दी, २१ साउन । म्याग्दीको प्रशिद्ध प्रमुख धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको तेस्रो सोमबार भक्तजनको भिड लागेको छ । रघुगंगा र कालिगण्डकी नदीको पवित्र संगमस्थदमा ९ रोपनीमा भैलिएको चक्रशिलामा माथि रहेको धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको विशेष पुजाले भक्तजनको भिड लाग्ने गरेको हो । सोमबारको दिन भगवान शिवको पवित्र पर्व... पुरा पढ्नुहोस

बषौदेखिको गुठी समस्या कहिले हुन्छ समाधान !

धिरन खत्री म्याग्दी, २१ साउन । रघुगंगा गाउँपालिका–२ भगवतीका झलक खत्रीलाई आफ्नो पुस्तौदेखि भोगचलन गर्दै आएको खेतबारी अंशबण्डा गर्दा समस्या आएको छ । मुक्तिनाथ सदावर्त गुठीको कानुनी अडचनले गर्दा उनीहरुको जग्गा पुस्ता हस्तान्तरणमा समस्या भएको हो । खत्रीले मात्रै होइन् म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ पिप्ले र अन्नपूर्ण गाउँपालिका– दोबाका... पुरा पढ्नुहोस

बलत्कारलाई न्युनिकरण गर्न बेश्याबृतिलाई कानुनी मान्यताको माग गर्दै बेनिका चोकेचोकमा पोष्टर

म्याग्दी, २१ साउन । पछिलो समय देशमा बलत्कारको घटना मूख्य अपराधको रुपमा देखिएको छ । त्यसमा अवोध नाबालिका बलत्कारको घटनाले देशब्यापी रुपमासामाजिक संजाल र पत्रपत्रिको माध्यमबाट कानुन सम्वन्धि बहस चलिरहेको छ। देशब्यापी रुपमा बलत्कारलाई न्युनिकरण गर्न बेश्याबृतिलाई कानुनी मान्यता दिन माग गर्दै बेनीका चोकचोकमा पोष्टरले रंगिएको छ। जसलाई सामाजिक संजालमा... पुरा पढ्नुहोस

बेनीमा ‘स्माट खानेपानी आयोजना’ संचालनका लागि अध्ययन सुरु

म्याग्दी, २० साउन । बेनी नगरपालिकाको मुख्य बजार बेनीलाई प्रविधिमैत्री खानेपानी वितरण गर्नका लागि स्माट खानेपानी आयोजनाको अध्ययन सुरु गरिएको छ । बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको आयोजना र बेनी नगरपालिकाको सहकार्यमा स्माट खानेपानी आयोजना संचालनको लागि प्रारम्भिक अध्ययन सुरु गरिएको हो । सदरमुकाम बेनीमा वितरण गरिएको खानेपानीलाई थप... पुरा पढ्नुहोस

बर्षातले आगन भत्किदा मल्कबाङ्गका रतन छन्त्यालको घर जोखिमा

म्याग्दी, २० साउन । म्याग्दीको धौलागिरि गाउँपालिका– ५ मल्कबाङ्ग बस्ने रतन बहादुर छन्त्याल बस्दै आएको घरको आगन बर्षातले भत्किदा घर जोखिममा परेको छ । साउन १७ गते भएको बर्षातले आगन भत्किदाँ बस्ने घर जोखिममा परेको हो । अबिरल बर्षाको कारण घरको जगलाई समेत असर गर्दै आगन भत्किएको हुदाँ तत्काल मर्मतसम्मार... पुरा पढ्नुहोस

म्याग्दीको छ ओटै स्थानीय तहमा प्रभु बैकंको शाखा

म्याग्दी, २० साउन । जिल्लाका ६ वटै स्थानीय तहमा प्रभु बैंकले शाखा विस्तार गरेको छ । बुधवार मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शाखा विस्तार गरि प्रभुले सबै स्थानीय तहमा शाखाको पहुँच विस्तार गरेको हो । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको वाणिज्य बैंकको मान्यता पाएको प्रभुले बैँकीङ... पुरा पढ्नुहोस

ब्रर्दश फुड स्टेशन एण्ड क्याफे हस्पिटलचोकमा सुरु

म्याग्दी, २० साउन । ग्राहकलाई मध्यनजर गदै रघुगंगा गाउँपालिका ३ कलेजबाङ र मौवाफाटका दुई युवाले सदरमुकाम बेनीको हस्पिटलचोकमा ब्रर्दश फुड स्टेशन एण्ड क्याफै संचालन गरेका छन् । ईश्वर भण्डारी र दिपक जिसिले ३० लाख लगानीमा सुविधा सम्पन्न फुड स्टेशन सुरु गरेका हुन् । पछिल्लो समय युवापुस्ताहरुलाई लक्षित गरेर ब्यवस्थित रुपमा... पुरा पढ्नुहोस

गलेश्वरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण

म्याग्दी, १७ साउन  । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिकको शनिबार स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल आर्युवेदिक स्वास्थ्यकर्मी समाज धौलागिरि अञ्चल समिति बागलुङको आयोजनामा तथा संगीता आर्युवेद बेनीको औषधी सहयोगमा शिविर सञ्चालन गरिएको हो । आर्युवेदिक औषधी र उपचार प्रति सर्वसाधारणमा चेतना जगाउने उद्देश्यले आयोजित शिविरमा १०४ जनाको स्वास्थ्य... पुरा पढ्नुहोस