म्याग्दी समाचार

हिलापोखरीका बासिन्दाको श्रमदानबाट पदमार्ग

बेनी १६ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिला पोखरीका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् ।हिलापोखरी टोल सुधार समितिको सक्रियता माधौलागिरि चक्रियपदमार्ग अन्तरगत ७ नम्बर वडामा पर्ने ताकम देखि हिलापोखरी खोरवाङ हुदै ४ नम्बर वडामा पर्ने खारा जोड्ने पदमार्ग निर्माण गरेका हुन् । ६९ घरधुरीले तिनदिनका दरले श्रमदान गरेर... पुरा पढ्नुहोस

विद्यार्थीलाई लागू औषध दुब्र्यसनी विरुद्ध प्रशिक्षण

  धारापानी १६ असोज । धवलागिरी गाउँपालिका ७ धारापानी स्थित किसानी माविका विद्यार्थीहरुलाई सोमबार लागू औषध दुब्र्यसनी विरुद्ध प्रशिक्षण दिइएको छ ।जिल्ला प्रहरी कार्यालयको कार्यक्रम अनुसार इलाका प्रहरी कार्यालय दरवाङको आयोजनामा विद्यालयको कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो । प्रहरी निरीक्षक दिपक महत क्षेत्रीले लागु औषध... पुरा पढ्नुहोस

विद्यार्थी निष्कासन फलोअप : तत्काल अध्ययनको प्रबन्ध मिलाउन गाउँपालिकाको निर्देशन

म्याग्दी, १६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माविमा बिषयगत शिक्षकको व्यवस्थापन गरि नियमित पठनपाठनको माग गर्दै आन्दोलित बनेका विद्यार्थीहरुलाई एक महिनाको लागि निस्कासन गरिएको घटना प्रति गाउँपालिकाको ध्यानकर्षण भएको छ । विद्यालय र व्यवस्थापन समितिले विद्यार्थीहरुलाई अध्ययनबाटै बञ्चित गराउने गरि गरेको निर्णय तत्काल बदर गरि उनीहरुलाई सहज... पुरा पढ्नुहोस

धारापानी विद्युतीकरण योजनाको सार्वजनीक सुनुवाई र उद्घाटन

धारापानी १६ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा निर्माण भएको केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण योजनाको सोमबार सार्वजनीक सुनुवाई र उद्घाटन गरिएको छ । योजनाको आम्दानी खर्च विवरण सार्वजनीक र सुनुवाईका लागि केन्द्रिय विद्युत विस्तार उपभोक्ता समितिले धारापानीमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा... पुरा पढ्नुहोस

बलात्कारको आरोपमा युवा पक्राउ

बेनी १६ असोज । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा बलात्कारको आरोपमा प्रहरीले सोमबार एक युवालाई पक्राउ गरेको छ । ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय गोविन्द पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले जानकारी दिनुभयो । पिडित महिलाले जवरजस्ती करणी गरेको उजुरी गरेको... पुरा पढ्नुहोस

बलात्कारीलाई फास्ट्रयाक कानुन बनाएर कारवाहीको माग

म्याग्दी, १५ असोज । महिला तथा बालबालिका माथि देशभरी श्रृङखलाबद्ध बलात्कार तथा हत्यामा संलग्नलाई शुन्य सहनशीलताको नितिलाई कार्यान्वयन गर्न २४ घण्टा भित्र दोषीलाई कडा कारवाही गर्नुपर्ने म्याग्दीमा क्रियाशिल महिला सम्बद्ध संघसंस्थाले माग गरेका छन् । २१ औं शताब्दीमा पनि महिला र बालबालिका माथि हुने गरेको अर्मयादित, अमानवीय पासविक घटनाले दैनिकजसो... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसको स्व–मूल्याकंन रिपोट सार्वजनिक

म्याग्दी, १५ असोज । क्यूएए प्राप्तीका लागि म्याग्दी बहुमुखी क्याम्पसले तयार गरेको स्वमूल्याकंन रिपोट सार्वजनिक गरिएको छ । सोमबार क्याम्पस संचालन समितिका अध्यक्ष बालकृष्ण सुवेदीले संचालक समिति सदस्य र प्रध्यापकको उपस्थितमा तयार गरिएको स्वमूल्याकंन रिपोट सार्वजनिक गरेका हुन् । विश्व विद्यालय अनुदान आयोगको निर्देशनमा क्याम्पसमा भईरहेको गतिविधिहरुलाई समेटेर तयार पारिएको... पुरा पढ्नुहोस

सुकुम्बासी बालबालीकालाई पाेर्तुगलमा रहेका केसीद्धारा आर्थिक सहयोग

म्याग्दी, १५ असोज । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेस्थित भरालेका सुकुम्वासी सीता बानियाँको परिवारलाई रु २५ हजार आर्थिक सहयोग गरिएको छ । रघुगंगा गाउँँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहेका ओकील केसीले नगद रु २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । सहयोगदाता केसीले उपलब्ध गराउनुभएको सहयोग आईतवार बेनीमा आयोजित एक कार्यक्रममा... पुरा पढ्नुहोस

२५ बर्ष पुरा गरेको अवसरमा कैलाश विकास र्बैकंले देशभर सप्ताह कार्यक्रम

म्याग्दी, १५ असोज । कैलाश विकास बैंक लिमिटेडले २५ बर्ष पुरा गरि २६ बर्ष पुगेको अवसरमा देशभरका बैकहरुमा सप्ताहब्यापी कार्यक्रम आयोजना गरेको छ । बैंकको रजत जयन्ती अवसरमा शाखा बेनीले आयोजित सप्ताह कार्यक्तम सोमबारदेखि सुरु गरेको हो । विगत ५ बर्षदेखि सेवा दिदै आएको शाखा बेनीले आयोजना गरेको सप्ताह कार्यक्रमलाई... पुरा पढ्नुहोस

अमर मावि चिमखोलामा नियमित पठनपाठनको माग गर्दै आन्दोलीत विद्यार्थीहरु निष्कासित

म्याग्दी, १५ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयले कक्षा १० का २२ जना विद्यार्थीहरुलाई निष्कासन गरेको छ । बिषय अनुसारका शिक्षकहरुको व्यवस्था गरि नियमित पठनपाठन गराउन माग गर्दै आन्दोलनमा उत्रिएका कक्षा १० का विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिको आईतवार बसेको बैठकले एक महिनाको लागि निष्कासन गरेको... पुरा पढ्नुहोस