म्याग्दी समाचार

कालीगण्डकीमा जिप दुर्घटनामा वेपत्ता भनीएका चालक एक सातापछि सम्पर्कमा आए !

म्याग्दी २० असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा गत असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउँपालीका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस... पुरा पढ्नुहोस

गलेश्वर बजारमा म्याद सकिएका कोकोकला र फेन्टा भेटीए

म्याग्दी, २० असार । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडद्धारा उत्पादित कोकोकला,फेन्टा र स्प्राइट खानयोग्य मिति समाप्त भएपछि पनि बिक्री वितरण गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बुधवार बेनी नगरपालिका ९ गलेश्वरका होटल तथा किराना पसलमा गरेको अनुगमनका क्रममा पिउन योग्य मिति समाप्त भएका हल्का पेय पर्दाथ भेटिएको... पुरा पढ्नुहोस

गलेश्वरको थासाङ टे«डर्स भेटियो घरेलु मदिराको भण्डार !

म्याग्दी, २० असार । बेनी नगरपालिका ९ गलेश्वरमा रहेको थासाङ ट्रेडर्समा घरेलु मदिराको भण्डार फेला परेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीद्धारा बुधबार विहान गलेश्वर बजारमा गरिएको अनुगमन क्रममा उक्त पसलमा अवैध घरेलु मदिराको भण्डार फेला परेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलको नेतृत्वमा बजार अनुगमनमा गएको टोलीले... पुरा पढ्नुहोस

सुन्तलाको विरुवा बेचेर रु ५ लाख बढी आम्दानी

म्याग्दी २० असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषक जोकबहादुर विकले सुन्तलाको विरुवा बेचेर आकर्षक आम्दानी गर्न सफल भएका छन् । विगत ५ बर्षदेखि नर्सरी स्थापना गरि सुन्तला, कागती लगायतका विरुवा उत्पादन गर्दै आएका विकले यसै असारमा मात्रै १९ हजार बढी सुन्तलाका विरुवा विक्रि भएको बताउनुभयो । उहाँका अनुसार, म्याग्दीको... पुरा पढ्नुहोस

रघुगंगा जलविद्युत् आयोजना निर्माण शुरु, बाँधतर्फ पहुँच मार्ग खन्न थालीयाे

म्याग्दी, २० असार । रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजनाको बाँध रहने स्थानसम्म पुग्ने पहुँच सडक निर्माणको काम शुरु भएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आइतबार मौवाफाँटदेखि झीँ र दग्नामको... पुरा पढ्नुहोस

खेलकुदमा महिला सहभागिता वृद्धि गर्न दुईदिने तालिम

म्याग्दी, १९ असार । “महिला हिसां विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने मुल नाराका साथ म्याग्दीको बेनीमा खेलकुदमा महिला सहभागिता अभिवृद्धि सम्वन्धि दुई दिने तालिम सुरु भएको छ । माध्यमिक तहमा अध्ययनरत छात्र विद्यार्थीहरुको खेलकुद क्षेत्रमा भएको सम्भावना र अवसरमा बढी सहभागिता गराउने उद्देश्यले अभिवृद्धि तालिम आयोजना... पुरा पढ्नुहोस

जेसिभिको पार्टस डिलर पर्वत बेनीमा सुरु (तस्विरसहित )

बेनी १९ असार । जेसिभिको पार्टस डिलर पर्वतको जलजला गाउँपालिका २ पारी बेनीमा सुरु भएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै बालकृष्ण खत्रीले सुरु गरेको डिलरको उद्घाट्न म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले गरेका हुन् । एमए डब्लु प्रा.लीको स्पायर पार्टसका ब्यवस्थापक विकास शर्माको अध्यक्षतामा भएको उद्घाट्न कार्यक्रममा बोल्दै... पुरा पढ्नुहोस

धवलागिरीमा “एक घर, एक ओखर” कार्यक्रम

म्याग्दी १९ असार । म्याग्दीको धवलागिरी गाउँपालीकाले “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को निती तथा कार्यक्रममा समावेश भएको यस कार्यक्रम कार्यान्वयनका लागि गाउँसभाबाट दश लाख रुपैया बजेट बिनियोजन भएको छ । विद्यार्थीको स्मरण शक्ति वृद्धि गरी सिर्जनात्मकताको प्रस्फुटन... पुरा पढ्नुहोस

पाखापानीमा सार्वजनीक सुनुवाई

पाखापानी, १९ असार । म्याग्दीको रघुगंगा गाउँपालीका ६ पाखापानीमा सोमबार सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले म्याग्दी मिडीया सोसाईटीसंगको सहकार्यमा गाउँपालीकाले सुनुवाईको आयोजना गरेको हो ।... पुरा पढ्नुहोस

दरबाङमा सार्वजनिक सुनवाई कार्यक्रम

म्याग्दी, १८ असार । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजना र संगम म्याग्दीको व्यवस्थापन तथा सहजीकरणमा सार्वजनिक सुनुवाई गरिएको हो । चालु आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिका तथा वडा कार्यालय र जिल्लास्थित विषयगत कार्यालयहरुबाट सञ्चालन भएका विकासे गतिविधिहरु, सार्वजनिक... पुरा पढ्नुहोस