म्याग्दी समाचार

म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गर्न साँसद थापाद्धारा सरकारको ध्यानकर्षण (भिडियो सहित)

म्याग्दी, ७ भदौ । म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न चौतर्फि पहल भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको रुपमा कायम गराउन पहल थालिएको हो । संघिय संसदको विहिवार बसेको संसद बैठकमा बिशेष समय लिएर बोल्दै म्याग्दीका सांसद भुपेन्द्र बहादुर थापाले... पुरा पढ्नुहोस

   गलेश्वर–राखु सडकले रघुगंगाबासीलाई सास्ती

  म्याग्दी, ७ भदौँ । दैनिक दर्जनौ सवारी साधन गुड्ने गलेश्वर–राखुभगवती सडक निर्माण भएको एक दशक वितिसक्दा पनि सधै यात्रुलाई सास्ती पुर्ण बनिरहेको छ ।  म्याग्दीको रघुगंगा गाउँपालिकाको–३ पिप्लेको गलेश्वरदेखि पिप्ले, भगवती हुँदै बेखखोला क्षेत्रको सडकको स्तरोन्नतीको करोडौ खर्च गरिएपनि सडकको अबस्थाले जिर्ण हुदाँ यात्रुलाई सास्तीपुर्ण भएको हो । सडकको... पुरा पढ्नुहोस

बेनीमा दुई सय बर्ष पुरानो ‘बर्खेनाच’ को रौनकता (भिडियो सहित)

म्याग्दी, ७ भदौ । बेनीमा एक महिना लामो ‘बर्खेचान’को रौनकता छाएको छ । बेनीमा बस्ती बसेदेखि नै सुरु भएको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउन थालिएको छ । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा चिनिने भएपनि पछिल्लो समय यो नाचमा अन्य जाती र समुदायका व्यक्तिहरुले समेत... पुरा पढ्नुहोस

नेकपा म्याग्दीको नेतृत्वमा को ?

म्याग्दी, ७ भदौ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला र प्रदेश स्तरीय कमिटी निर्माणको गृहकार्य भैरहको छ । जिल्लाबाट सिफारिस भएर गएको नामावलीहरुलाई प्रदेश स्तरीय कार्यदलले पार्टी केन्द्रलाई बुझाईसकेकाले अब केही दिनमै जिल्ला स्तरीय कमिटीको टुंगो लाग्ने निश्चित छ ।... पुरा पढ्नुहोस

सम्पत्ती मूल्याङकन वैज्ञानीक नहुँदा नगरवासी मर्कामा

म्याग्दी, ७ भदौ । बेनी नगरपालिकाका बासिन्दाहरुले एकिकृत सम्पत्ति कर संकलनका लागि सम्पत्तिको मूल्याङ्कन अवैज्ञानिक भएको गुनासो गरेका छन् । सम्पत्ति मूल्याङ्कन र दररेट निर्धारणका विषयमा जनस्तरमा छलफल र बुझाईमा एकरुपता नहुनु, कर शिक्षाको कमी, मालपोत, चलन चल्ती र नगरपालिकाले गरेको सम्पत्ति मूल्याङ्कन फरक फरक हुँदा सर्बसाधारण मर्कामा परेका हुन्... पुरा पढ्नुहोस

फोक्सोको क्यान्सरबाट थलिएकी महिलाको उपचारमा सहयोग जुटाउन अभियान

बेनी ६ भदौ । फोक्सोको क्यान्सरबाट थलिएकी एक महिलाको उपचारमा सहयोग जुटाउन पर्वत बेनीमा अभियान सुरु भएको छ । फोक्सोमा क्यान्सर भएपछि बिरामी भएकी रघुगंगा गाउँपालिका १ बेग घर भई हाल जलजला गाउँपालिका ३ पर्वत बेनीमा बस्दै आएकी ४२ वर्षिया खिमकुमारी शर्माको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि लायन्स... पुरा पढ्नुहोस

प्रअद्धारा जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बेनी ६ भदौ । बेनी नगरपालिका ८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयका प्रअ सुरेन्द्र केसीले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।  प्रअ केसीले ४२ औ जन्मदिनको अवसरमा २०२ जना विद्यार्थी मध्य बुधबार उपस्थित भएका १८२ जनालाई छ हजार रुपैया मूल्य बराबरको एक, एक थान... पुरा पढ्नुहोस

आमा समूहद्वारा आर्थिक सहयोग

म्याग्दी, ६ भदौ । पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा क्रियाशिल महिला सुधार आमा समूहले बुधबार आर्थिक सहयोग गरेको छ । समूहका सदस्य मनमाया गिरीको श्रीमान् टेकबहादुर गिरीको असामयिक निधन भएको १३औं दिनको पुण्यतिथिमा आमा समूहले नगद तीनहजार ३३३ रुपैयाँ गिरी परिवारलाई सहयोग हस्तान्तरण गरेको हो । समूहका अध्यक्ष भद्रकली जैसीले सदस्य... पुरा पढ्नुहोस

बेनी बोडिङको जुरेसमा नयाँ नेतृत्व चयन

म्याग्दीको सदरमुकाममा रहेको बेनी बोडिङ आवासिय माध्यमीक विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलको नयाँ नेतृत्व चयन भएको छ । वुधबर भोटीङ मार्फत जुरेसको अध्यक्ष्मा दिपीका बरुवाल, उपाध्यक्षमा विश्वास सेन, सचिवमा रिस्ता पुन , कोषाध्यक्षमा उत्सब पुन रहेका छन् । भने सदस्यहरुमा दिपक छन्त्याल, राजिब भण्डारी, मिलन नेपाली, भानु घिमिरे र स्नेहा... पुरा पढ्नुहोस

खोरीयाका ११ घर पहिरोको जोखिममा

म्याग्दी ६ भदौ । धवलागिरी गाउँपालिका २ खोरीयामा पहिरोका कारण ११ घर जोखिममा परेका छन् । खोरीयाको कमेरी खोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा परेका स्थानीय ज्ञानबहादुर पाईजाले बताउनुभयो । पहिरोले पाईजाको आधा रोपनीबारी समेत बगाएको छ । खोरीयाका ८९ घरधुरीलाई खेतबारी र घासदाउरा गर्न जंगल जान... पुरा पढ्नुहोस