लिटील गार्डेनमा खेलकुद प्रतियोगिता

  • २० आश्विन २०७५, शनिबार
  • 1315 पटक पढिएको

बेनी २० असोज । बेनीको लिटील गार्डेन एकेडेमिमा शुक्रबारदेखि त्रिदिवसीय खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।  विद्यालयमा रहेका खेल प्रतिभाको पहिचान र क्षमत्ता प्रर्दशनको अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले उद्घाटन गरेका थिए ।

विद्यार्थीहरुबीच फुटबल, दौड लगायतका बिधामा प्रतिस्पर्धा गराइने प्रिन्सीपल खुमबहादुर केसीले बताए । शिक्षीका सुजाता रेग्मीले सञ्चानमा भएको कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माले पढाईसंगै अतिरित्त क्रियाकलापले विद्यार्थीलाई अघि बढ्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, जयराम सुवेदी, पूर्व प्राथमिक तहको शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष गौतम लगायतको सहभागीता रहेको थियो ।