म्याग्दी समाचार

६ स्थानीय तहमा नेपाली कांग्रेस म्याग्दीको नेतृत्व चयन

म्याग्दी, ७ पुष । नेपाली काग्रेस म्याग्दीले जिल्लाको ६ स्थानीय तहमा सभापति चयन गरेको छ । नेपाली काग्रेस जिल्ला कार्यसमितिको अधिकार स्थानीय तहमा पु¥याउन एक नगरपालिका र ५ गाउँपालिका रहेको जिल्लामा अधिवेशन गर्दै पालिकामा नेतृत्वलाई पुर्णता दिएको हो । स्थानीय तहमा अधिवेशन सम्पन्न गर्नेमा नेपाली काँग्रेस म्याग्दी पहिलो भएको सह–सचिव... पुरा पढ्नुहोस

मगर विद्यार्थी संघ गण्डकी प्रदेश सचिबमा म्याग्दीका रोका चयन

म्याग्दी ६ पुस । नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको सचिबमा म्याग्दीका समिर रोका निर्वाचित भएका छन् । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेश स्तरीय प्रथम अधिवेशनबाट रोका सर्वसम्मत रुपमा सचिबमा चयन भएका हुन्. । अधिवेशनले अध्यक्षमा बागलुङका विष्णु आले मगरलाइ चयन गरेको छ । अधिवेशनले आलेको अध्यक्षताका १९ सदस्यीय गण्डकी... पुरा पढ्नुहोस

होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्यमा म्याग्दीका आचार्य निर्वाचित

म्याग्दी ६ पुस । होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्यमा म्याग्दीका ताराप्रसाद आचार्य(बाबुराम) निर्वाचित हुनुभएको छ । शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट म्याग्दी होटल तथा रेष्टुरेण्ट संघका अध्यक्ष समेत रहनुभएका आचार्य सर्वसम्मत रुपमा केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो । अधिबेशनले हिराध्वज... पुरा पढ्नुहोस

नमुना मोडेल बन्दै ‘हरियाली कृषि फार्म’ ( तस्बिर र भिडियो सहित)

कमल खत्री म्याग्दी ६ पुस । बेनी नगरपालिका–४ सिंगामा सञ्चालनमा आएको नयाँ अवधारणको ‘हरियाली कृषि फार्म’ यस क्षेत्रकै नमुना बनेको छ । लगानीकर्ता संगै कृषकहरुको समेत स्वामित्व रहने गरि कम्पनी मोडलमा सञ्चालनमा ल्याईएको यस फार्मले छोटो अबधिमै आसालाग्दो प्रगति गरेको छ । सिंगा र आँगेबगरमा १६० रोपनी जग्गामा तरकारी खेती,... पुरा पढ्नुहोस

मंगला युवा क्लबद्धारा बालबालिकालाई पोशाक वितरण (तस्बिर सहित)

म्याग्दी ५ पुस । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा रहेको मंगला युवा क्लबले जानकी आधारभुत विद्यालयका बालबालिकाहरुलाई पोशाक वितरण गरेको छ । क्लबको ‘मंगला शिक्षा अभियान’ अन्र्तगत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका २८ जना बालबालिकाहरुलाई रु १ लाख २० हजार बराबरको लत्ताकपडा वितरण गरिएको हो । विद्यालयमा आयोजित... पुरा पढ्नुहोस

अन्नपुर्ण गाउँपालिका स्तरीय शिक्षक महासंघबाट घाईते प्रअको उपचारमा ९० हजार बढी सहयोग

म्याग्दी, ४ पुस । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा एक युवाको खुकुरी प्रहारबाट घाईते हुनुभएकी स्थानीय विद्यालयकी प्रअ इन्द्राकुमारी पुनको उपचारमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेका शिक्षक र विद्यालय कर्मचारीहरुले रु ९० हजार बढी सहयोग गरेका छन् । नेपाल शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिकाको अगुवाईमा गाउँपालिकाभित्र रहेका विद्यालयमा कार्यरत शिक्षक र विद्यालय... पुरा पढ्नुहोस

नगरपालिकामा आन्दोलित मजदुर कर्मचारीको माग सम्बोधन गर्न अनेरास्ववियूको माग

सन्दिप शर्मा म्याग्दी ४ पुस । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियू म्याग्दीले मजदुरको आवाजको सुनुवाई गर्नु पर्ने बताएको छ । बेनी नगरपालिकाको कार्यलयमा शुक्रबार जिल्ला अध्यक्ष सुबाश विश्वकर्माको नेतृत्वमा गएको टोलिले सदरमुकाम बेनी बजारमा फोहोर व्यवस्थापनको काम गर्ने कर्मचारीले तलव नपाएको गुनासो मिडियामा सुन्नमा आएको भन्दै तत्काल मजदुरको... पुरा पढ्नुहोस

बेनीको फोहोर व्यवस्थापन : तलब नपाएपछि कर्मचारीले रोके काम, उठ्न छाड्यो फोहोर (भिडियो सहित)

म्याग्दी ४ पुस । म्याग्दी सदरमुकाम बेनीको फोहोर व्यवस्थापनको कार्य रोकिएसंगै बजार क्षेत्रको फोहोर उठ्न छाडेको छ । फोहोर व्यवस्थापनको जिम्मा लिएको मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रा.लि मार्फत फाहोर व्यवस्थापनमा कार्यरत कर्मचारीले समयमै तलब नपाएपछि उनीहरुले फोहोर संकलनको कार्य रोकेका हुन् । बेनीमा मङ्सिर अन्तिम सातादेखि नै फोहोर संकलन हुन... पुरा पढ्नुहोस

इमान्दारिताको नमुना कार्य : नगद सहित भेट्टाएको झोला युवा व्यवसायि शर्माले गरे फिर्ता !

म्याग्दी ३ पुस । म्याग्दीका एक युवा व्यवसायिले बाटोमा भेट्टाएको नगद र चेक सहितको महोत्वपूर्ण सामाग्रीहरु सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गर्नुभएको छ । विहिवार अपरान्त अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाले बेनी देखि दानातर्फ जाने क्रममा जिपको झ्यालबाट खसेर हराएको झोला फेला पार्नुभएका रघुगंगा गाउँपालिका–२ पञ्चासेका झलक शर्माले सम्बन्धित व्यक्तिको खोजी... पुरा पढ्नुहोस

म्याग्देली गायक गगनको पहिलो पञ्चेबाजा ‘बेनी बजार’ ले चर्चा बटुल्दै (भिडियो सहित)

म्याग्दी १ पुस । म्याग्देली चर्चित गायक गगन पुनको पहिलो पञ्चेबाजा ‘बेनी बजार’बोलको गीतले चर्चा बटुल्न थालेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम घर भएका युवा गायक पुन र चर्चित गायिका मेलिना राईको स्वर रहेको गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको छ । मङ्सिर अन्तिम साता युटुब मार्फत सार्वजनिक गरिएको... पुरा पढ्नुहोस