म्याग्दीमा थप १८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या दुई सय नजिक

  • २७ बैशाख २०७८, सोमबार
  • 871 पटक पढिएको

म्याग्दी, २७ वैशाख । म्याग्दीमा सोमबार थप १८ जनामा कोरोना पुष्टि भएको छ । लक्षण देखिएका र उपचारका लागि आएकाहरुको बेनी अस्पतालमा स्वास संकलन गरि पिसीआर परिक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । २३ गते २३ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाएकोमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनुभयो ।

नयाँ थपिएको संक्रमितको संख्यामा बेनी नगरपालिकामा सबैभन्दा धेरे १० जना रहेका छन् । त्यसैगरि ,रघुगंगामा २, मंगलामा २,मालिका १, अन्नपूर्ण १ र पर्वतको जलजला गाउँपालीकाका २ जनामा कोरोना पुष्टि भएको छ । म्याग्दीमा हाल सक्रिय कोरोना संक्रमितको सख्ंया १७२ जना पुगेको छ । म्याग्दीमा आईतवार अन्नपूर्ण गाउँपालिकामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाका ७२ बर्षिय पुरुषको कोरोना संक्रमणको कारण उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । वैशाख महिनामा मात्रै म्याग्दीमा कोरोना पुष्टि भएका र कोरोनाका संकास्पद विरामी गरि ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।