देविस्थानमा वैशाख १४ देखि वेपत्ता पुनको ओढारमा भेटियो सब

  • २६ बैशाख २०७८, आईतवार
  • 1828 पटक पढिएको

म्याग्दी २६ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा गत वैशाख १४ गतेदेखि वेपत्ता भएका २७ बर्षिय धजेन्द्र पुनको ओढारमा ढुंगाले ढाकिएको अबस्थामा सब फेला परेको छ । वेपत्ता पुनको बराहथान स्थित मार्चुला सामुदायीक वनको ओढारमा ढुंगाले छोपेको अबस्थामा सब फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक पुनका परिवारले घटनाबारे जाहेरी दिएको र घटनाको अनुसंधान प्रकृया अघि बढाईएको प्रहरीले जनाएको छ । पुनको सबलाई बेनी अस्पतालमा सब परिक्षण गरि आफन्तको जिम्मा लगाईएको छ ।