म्याग्दीमा संक्रिय कोरोना संक्रमित २२८ पुगे, १० जनाको मृत्यु

  • २७ बैशाख २०७८, सोमबार
  • 1092 पटक पढिएको

म्याग्दी २७ वैशाख । म्याग्दीमा संक्रिय कोरोना संक्रमितको संख्या २२८ पुगेको छ । कोरोनाको दोस्रो लहर संगै कोरोना संक्रमणको जोखिम बढेको छ । सरकारि तथ्यांक अनुसार अहिले सम्म जिल्लामा १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।

 

अहिले सम्म जिल्लामा जम्मा संक्रमित ५३७ पुगेको छ भने २९९ जनाले कोरोना जितेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । समुदायस्तरमा कोरोना फैलिएपछि बेनी नगरपालिकामा २२ गते देखि लकडाउन छ भने मंगला, अन्नपूर्ण र मालिकाले सोमबारबाट लकडाउन गरेका छन ।

धौलागिरी ले पनि अत्यावश्यक सेवा वाहेक सवै सेवाहरू बन्द गरेको छ । जिल्लाका स्थानीय तहहरुले कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि भिडभाज र जमघट नियन्त्रण संगै संकास्पद र लक्षण देखिएका व्यक्तिहरुको कोरोना परिक्षणको लागि स्वाब संकलनलाई अघि बढाएका छन् ।