धौलागिरि गापाका ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

  • २७ बैशाख २०७८, सोमबार
  • 921 पटक पढिएको

म्याग्दी २७ बैशाख । कोरोना भाइरसको संक्रमणबाट म्याग्दीमा थप एक जनाको मृत्यु भएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका – २ का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

 

स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार गण्डकी मेडिकल कलेज पोखरामा सोमबार विहान उहाँको मृत्यु भएको जनाईएको छ । मृतक पुरुषको २३ गते कोरोना संक्रमण भएको पुष्टि भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ । वैशाख महिनामा मात्रै कोरोना पुष्टि भएका र कोरोनाका संकास्पद विरामी गरि म्याग्दीका ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।