मंगलामा कोरोना रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा लगाउन सिफारिस

  • २५ बैशाख २०७८, शनिबार
  • 1183 पटक पढिएको

म्याग्दी २५ वैशाख । म्याग्दीको मंगला गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि १० दिन निषेधाज्ञा (लकडाउन ) गरिने भएको छ । शनिवार गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बैँक तथा वित्तिय र सहकारी संस्था, उद्योग वाणिज्य संघ मंगला इकाइ लगायतका सरोकारवालाहरुको बैठकले बढ्नो कोरोना संक्रमणलाई नियन्त्रण गर्न लकडाउन लगाउनुपर्ने निस्कर्ष निकालेको थियो ।

सरोकारवालाहरुको बैठकको सिफारिस अनुसार गाउँपालिकाले वैशाख २६ गते राती १२ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्मका लागि मंगला गाउँपालिकामा विशेधाज्ञा लगाउन जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगानाले जानकारी दिनुभयो ।


गाउँपालिकाले गरेको सिफारिस बमोजिम डिसीसीएमसी र जिल्ला सुरक्षा समितिको बैठकले लकडाउनको निर्णय गर्ने जनाईएको छ । मंगला गाउँपालिकाले गाउँ गाउँमा समेत कोरोना संक्रमण फैलन थालेपछि लकडाउन गर्न लागिएको र उक्त अवधिमा अत्यावश्यक बाहेक गाउँपालिका, वडा, बैँक तथा वित्तिय र सहकारी संस्थाको सेवाको साथै बजार, यातायात लगायतका क्षेत्र समेत बन्द गर्ने जनाएको छ ।