म्याग्दी समाचार

म्याग्दीमा संक्रिय कोरोना संक्रमित २२८ पुगे, १० जनाको मृत्यु

म्याग्दी २७ वैशाख । म्याग्दीमा संक्रिय कोरोना संक्रमितको संख्या २२८ पुगेको छ । कोरोनाको दोस्रो लहर संगै कोरोना संक्रमणको जोखिम बढेको छ । सरकारि तथ्यांक अनुसार अहिले सम्म जिल्लामा १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।   अहिले सम्म जिल्लामा जम्मा संक्रमित ५३७ पुगेको छ भने २९९ जनाले कोरोना... पुरा पढ्नुहोस

धौलागिरि गापाका ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

म्याग्दी २७ बैशाख । कोरोना भाइरसको संक्रमणबाट म्याग्दीमा थप एक जनाको मृत्यु भएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका – २ का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।   स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार गण्डकी मेडिकल... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा लकडाउन लगाउन सिफारिस

म्याग्दी २७ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा फैलिउको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले २७ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरि ८ दिनका लागि लकडाउन गर्ने निर्णय गर्दै जिल्ला... पुरा पढ्नुहोस

म्याग्दीमा थप १८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या दुई सय नजिक

म्याग्दी, २७ वैशाख । म्याग्दीमा सोमबार थप १८ जनामा कोरोना पुष्टि भएको छ । लक्षण देखिएका र उपचारका लागि आएकाहरुको बेनी अस्पतालमा स्वास संकलन गरि पिसीआर परिक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । २३ गते २३ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाएकोमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको... पुरा पढ्नुहोस

कोरोना संक्रमितका लागि धवलागिरि अस्पतालमा शय्या र अक्सिजनको अभाव

बागलुङ, २७ वैशाख । धवलागिरि अस्पतालको आइसोलेशन कक्ष कोरोना सङक्रमितले भरिएको छ । अस्पताल भर्ना भएका २५ सङ्क्रमितमध्ये दुई जना सघन उपचार कक्षमा उपचाररत छन् । बाँकीले अक्सिजनको सहायतामा उपचार सेवा लिइरहेका छन् । ,कोरोनाका बिरामी दैनिक थपिँदै जाँदा अस्पतालमा शय्या र अक्सिजनको अभाव हुन थालेको छ । चिकित्सकीय सेवा... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा वैशाख २६ देखि जेठ ६ सम्म लकडाउन

म्याग्दी २६ वैशाख । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको छ । गाउँपालिकाले स्थानीय सरोकारवालाहरुसंगको छलफलपछी वैशाख २६ गते राति १२ बजेदेखि लागू हुने गरि जेठ ६ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा ( लकडाउन ) गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ्दै गएकोले... पुरा पढ्नुहोस

देविस्थानमा वैशाख १४ देखि वेपत्ता पुनको ओढारमा भेटियो सब

म्याग्दी २६ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा गत वैशाख १४ गतेदेखि वेपत्ता भएका २७ बर्षिय धजेन्द्र पुनको ओढारमा ढुंगाले ढाकिएको अबस्थामा सब फेला परेको छ । वेपत्ता पुनको बराहथान स्थित मार्चुला सामुदायीक वनको ओढारमा ढुंगाले छोपेको अबस्थामा सब फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक पुनका परिवारले... पुरा पढ्नुहोस

मंगलामा वैशाख ३१ गतेसम्म लकडाउन (भिडियो सहित)

म्याग्दी २६ वैशाख । म्याग्दीको मंगला गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि वैशाख २६ गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्म लकडाउन गरिएको छ । गाउँपालिकाको सिफारिस र आग्रहमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा मंगलामा लकडाउन... पुरा पढ्नुहोस

मंगलामा कोरोना रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा लगाउन सिफारिस

म्याग्दी २५ वैशाख । म्याग्दीको मंगला गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि १० दिन निषेधाज्ञा (लकडाउन ) गरिने भएको छ । शनिवार गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बैँक तथा वित्तिय र सहकारी संस्था, उद्योग वाणिज्य संघ मंगला इकाइ लगायतका सरोकारवालाहरुको बैठकले बढ्नो कोरोना संक्रमणलाई नियन्त्रण गर्न... पुरा पढ्नुहोस

लायन्स क्लबद्धारा धवलागिरिमा रु ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग (भिडियो/तस्बिर )

म्याग्दी २५ वैशाख । लायन्स क्लब अफ बेनी पिस सिटीले धवलागिरि गाउँपालिकामा कोरोना रोकथाम र नियन्त्रणका लागि रु ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । धवलागिरि गाउँपालिकामा कोरोनाको जोखिम बढेको वडा नम्बर २ लुलाङ र वडा नम्बर ७ ताकममा नागरिक र स्वास्थ्यकर्मीहरुलाई समेत सहयोग पुग्ने स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण... पुरा पढ्नुहोस