नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन सुरु (फोटो फिचर)

कमल खत्री
बेनी, २५ चैत । म्याग्दी सदरमुकाम बेनीमा नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन शुक्रवारदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको अवसरमा बेनीमा छन्त्याल समुदायको पहिचान र संस्कृति झल्कने झाँकी सहित बजार परिक्रममा गरिएको छ । छन्त्याल समुदायको मौलिक भेषभुषा, कला संस्कृतिलाई ¥याली सहित प्रदर्शन गरिएको हो ।


महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुहुने भएको छ । झाँकी सहितको ¥याली पश्चात जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक उद्घाटन सत्र सञ्चालन हुनेछ । महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ ।

उद्घाटन कार्यक्रममा भाग लिन आएका छन्त्याल समुदायका सयाँैको सख्ंयामा बेनीमा झाँकी प्रदर्शन गरिएको हो । महाधिवेशनको बन्द सत्रमा विभिन्न ११ जिल्लाबाट आएका ३५० बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी संघका अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो ।