म्याग्दी समाचार
म्याग्दीका एक बृद्धको कोरोना संक्रमणबाट पोखरामा मृत्यु
- 3 बर्ष अगाडि
- २१ बैशाख २०७८, मंगलवार
म्याग्दी २१ वैशाख । म्याग्दीका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगला गाउँपालिका–१ तुसारेपानीका ७६ बर्षीय बृद्धको कोरोना संक्रमणका कारण चरक मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत उपचारको लागि पोखरा पु¥याईएका बृद्धमा वैशाख १७ गते कोरोना... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा १० दिन लकडाउन हुने
- 3 बर्ष अगाडि
- २१ बैशाख २०७८, मंगलवार
बेनी, २१ वैशाख । म्याग्दी सदरमुकाम बेनी बजार आसपासमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न बेनी नगरपालिका क्षेत्रमा १० दिन लकडाउन (निषेधाज्ञा) गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को मंगलवार बेनीमा बसेको बैठकले सर्वदलिय सर्वपक्षिय बैठकको निर्णय र बेनी नगरपालिकाको अनुरोध बमोजिम वैशाख २२... पुरा पढ्नुहोस
म्याग्दीमा १० दिन लकडाउन गर्न सर्वदलिय सर्वपक्षिय बैठकको सिफारिस
- 3 बर्ष, 1 दिन अगाडि
- २० बैशाख २०७८, सोमबार
म्याग्दी २० वैशाख । म्याग्दीमा कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न १० दिन लकडाउन गर्न सर्वदलिय सर्वपक्षिय बैठकले सिफारिस गरेको छ । सोमबार बेनी नगरपाकिलाको आयोजनामा भएको सर्वदलिय सर्वपक्षिय बैठकले जिल्लामा कोरोना संक्रमणको दर बढेको र थप जोखिमलाई न्यूनिकरण गर्न वैशाख २२ गते रातीदेखि १० दिन लकडाउन गर्न जिल्ला कोभिड–१९... पुरा पढ्नुहोस
रोमानियामा मोना गठन, अध्यक्षमा कुवर चयन
- 3 बर्ष, 1 दिन अगाडि
- २० बैशाख २०७८, सोमबार
म्याग्दी २० वैशाख । प्रवासमा रहेका म्याग्देलीहरु संगठित हुनेक्रम बढेको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) मार्फत संगठित हुने क्रममा रोमानियामा रहेका म्याग्देलीहरु समेत संगठित भएका छन् । बिजय कुवरको अध्यक्षमा मोना रोमानिया गठन गरिएको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा डेनिस थापा,उपाध्यक्ष हिमाल सेरपुन्जा , महासचिव अजय कुमार श्रेष्ठ, सचिब... पुरा पढ्नुहोस
म्याग्दीमा कोरोना संक्रमणकाे ग्राफ बढ्यो, एकैदिन थपिए २३ जना संक्रमित
- 3 बर्ष, 2 दिन अगाडि
- १९ बैशाख २०७८, आईतवार
म्याग्दी १९ वैशाख । म्याग्दीमा कोरोना संक्रमितको सख्ंया ह्वात्तै बढेको छ । गण्डकी प्रदेशमा तुलनात्मक रुपमा कोरोना संक्रमितको सख्ंया बढ्नेमा म्याग्दी पनि अग्रपंतीमा देखिएको छ । आईतवार प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको संक्रमितको तथ्याङ्कमा म्याग्दीमा २३ जना संक्रमित थपिएका छन् । स्वास्थ्यमा कोरोनाको लक्षण देखिएका विरामिहरु उपचारको लागि आउँदा बेनी... पुरा पढ्नुहोस
धौलागिरि आधार शिविरमा भेटिएको हेलिकप्टरको अवशेषको वास्तविकता यस्तो छ
- 3 बर्ष, 4 दिन अगाडि
- १७ बैशाख २०७८, शुक्रबार
म्याग्दी १७ वैशाख । नेपाली सेनाको हिमाल सफाइ अभियानमा निस्किएको सेनाको टोलीले म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धवलागिरि हिमालको आधार शिविरमा हेलिकप्टरको अवशेष फेला पारेपछि यस बिषयले राष्ट्रिय मिडियामा प्राथमिकता पाएको छ । नेपाली सेनाको टोलीले शुक्रवार आधार शिविरमा दुर्घटनाग्रस्त हेलिकप्टर र त्यहि स्थान नजीकै दुई सबको अवशेष फेला पारेपछि... पुरा पढ्नुहोस
मुस्ताङमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु
- 3 बर्ष, 4 दिन अगाडि
- १७ बैशाख २०७८, शुक्रबार
एसके थकाली मुस्ताङ १७ वैशाख । मुस्ताङमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका—४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो । बिहीबार साँझ उपचारका लागि अस्पतालमा राखिएकोमा राति मृत्यु भएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ । मुस्ताङमा कोरोनाबाट मृत्यु भएको यो पहिलो... पुरा पढ्नुहोस
राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा पौडेल चयन
- 3 बर्ष, 6 दिन अगाडि
- १५ बैशाख २०७८, बुधबार
म्याग्दी १५ वैशाख । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा बिपिन पौडेल चयन भएका छन् । मंगलवार बेनीमा सम्पन्न संघको प्रथम जिल्ला अधिवेशनबाट पौडेलको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरिएको हो । संघको बरिष्ठ उपाध्यक्षमा दुर्गा रोका,प्रथम उपाध्यक्षमा किसान सुनार, दितिय उपाध्यक्षमा बिजय सुनार, महिला उपाध्यक्षमा सृजना रोका,महासचिबमा कमल पौडेल, सचिबमा... पुरा पढ्नुहोस
तातोपानी कुण्डहरु बन्द
- 3 बर्ष, 6 दिन अगाडि
- १५ बैशाख २०७८, बुधबार
म्याग्दी, १५ बैशाख । कोभिड–१९ को दोस्रो लहरको तिव्र प्रकोपले गर्दा म्याग्दीका तातोपानी कुण्डहरु स्नान कार्य बन्द गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अघिकारीको अध्यक्षतामा बुधबार प्रशासनमा जिल्ला सुरक्षा समितिको बैठकलले जिल्लाका सबै तातोपानी कुण्डहरु बन्द गराउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले प्रकाशित विज्ञप्तीमा गलेश्वरधाम मन्दिर... पुरा पढ्नुहोस
२४ घण्टामा ४५ सय बढीमा कोरोना संक्रमण पुष्टि
- 3 बर्ष, 7 दिन अगाडि
- १४ बैशाख २०७८, मंगलवार
बितेको २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार... पुरा पढ्नुहोस