संघिय चुनाव नहुदाँसम्म गठबन्धन निरन्तर रहन्छः गृहमन्त्री खाँड

  • २५ चैत्र २०७८, शुक्रबार
  • धिरन खत्री
  • 833 पटक पढिएको

म्याग्दी, २५ चैत । गृहमन्त्री बालकृष्ण खाँडले संसदको अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन निरन्तर रहने बताउनुभयो । नेपाली कांग्रेसले बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा खाँडले तीन तहको निर्वाचनसम्म सत्ता गठबन्धन हुन जरुरी रहेको बताउनुभएको थियो ।

‘स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौ’, उहाँले भन्नुभयो । निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उनको भनाइ छ । ‘किनकि उहाँहरूको योगदानलाई बिर्सन हुँदैन ।’ नेपाल छन्त्याल संघको साँतौ महाधिवेशनमा भाग लिन आएका गृहमन्त्रीले कार्यकर्तालाई गठबन्धनमा राजनीतिक विचार फरक भएपनि नेपालको दिगो शान्ति, संविधान लोकतन्त्रको रक्षाका लागि कांग्रेसको नेतृत्वमा सरकार बनाउन अन्य चार दलको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो ।

राजनीतिक दलभित्रको किचलोले नागरिकता ऐन नबन्दा हजारौँ अीकंगृत नागरिकलाई नागरिकता पाउन समस्या भएको बताउनुभयो । ‘नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक’ संसदमा अड्केको अड्क्यै गर्दा आमाको नामबाट नागरिकता पाउनुपर्नेहरू यो अधिकारबाट वञ्चित भैरहेको छ’, उहाँले भन्नुभयो । ‘राजनीतिक दलको सहमतिले मात्र नागरिकता ऐन विद्येयक पारित हुने छ, नागरिकता ऐन बनाउन सरकारले गम्भिर रुपमा छलफल अघि बढाएको भन्नुभयो ।’


नेपाल छन्त्याल संघको साँतौ महाधिवेशन र जिल्लाका कांग्रेसका कार्यकतासंग भेटघाट पुर्व हेलिकप्टर मार्फत दुर्गमबस्ती धवलागिरि गाउँपालिकाको वडानम्वर १ गुर्जा पुग्नुभएको थियो । उहाँले सडक, पुल लगायतको सुविधा नपुगेको गाउँबस्तीका बासिन्दा र कर्मचारीलाई दुर्गमभत्ता ब्यवस्थाका लागि पहल गर्ने बताउनुभयो । नेपाल तरुणदलका अध्यक्ष विद्वान गुरुङले स्थानीय निर्वाचनमा तरुणदलमा आवद्ध युवाहरु सक्रिय हुन आग्रह गर्नुभएको थियो । कांग्रेसका जिल्ला सभापति खमविर गर्वुजा र संविधानसभा सदस्य रेशम बाँनियाले जिल्लाको कांग्रेस र गठबन्धनको बस्तुस्थितबारे जानकारी गराएका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l