म्याग्दी समाचार
सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटियो
- 3 बर्ष, 9 महिना अगाडि
- २ माघ २०७८, आईतवार
म्याग्दी २ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो । स्थानीयवासी दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २०... पुरा पढ्नुहोस
बेनीमा योग दिबस मनाइयो
- 3 बर्ष, 9 महिना अगाडि
- १ माघ २०७८, शनिबार
बेनी, १ माघ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार बेनीमा सातौ राष्ट्रिय योग दिबस मनाइएको छ । केन्द्रको योग भवनमा भएको कार्यक्रमका गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसीले मानसिक र शारिरिक स्वास्थ्यका लागि योग उपयोगी हुने बताउनुभयो । “नेपाली समाजको परम्परा, रितिरिवाज र रहनसँग पनि योगको सम्बन्ध छ,” उहाँले... पुरा पढ्नुहोस
बागलुङमा नर्सिङ सेवासहितको वृद्धाश्रम
- 3 बर्ष, 9 महिना अगाडि
- १ माघ २०७८, शनिबार
बागलुङ १ माघ । बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवासहितको अत्याधुनिक वृद्धाश्रम निर्माण सुरु भएको छ । मानवसेवा आश्रम भवन नजिकै निर्माण गर्न थालिएको सुविधा सम्पन्न वृद्धाश्रमको शिलान्यास शिलान्यास बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गर्नुभयो । आगामी असार मसान्तसम्म निर्माण सक्नेगरी जुम्ली निर्माण सेवासँग रु दुई करोड ५७ लाख ९०... पुरा पढ्नुहोस
गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको अध्यक्षमा पुन चयन
- 3 बर्ष, 9 महिना अगाडि
- ३० पुष २०७८, शुक्रबार
म्याग्दी ३० पुस । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा रहेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम संचालक समितिको अध्यक्षमा बम बहादुुर पुन चयन हुनुभएको छ । शुक्रबार सम्पन्न आश्रमको १० औँ कार्यकारी सभा तथा चौँथो अधिवेशनबाट पुनको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन भएको हो । आश्रम संचालक समितिको उपाध्यक्षमा टिकानन्द सुवेदी,... पुरा पढ्नुहोस
बेनी अस्पताल निर्माणका ठेकेदार आठ महिनापछि काममा फर्किए
- 3 बर्ष, 9 महिना अगाडि
- ३० पुष २०७८, शुक्रबार
म्याग्दी, ३० पुस । बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् । गत वैशाख महिनादेखि रोकिएको भवनको निर्माण कार्य अलपत्र परेको विषयमा राससबाट गत मङ्सिरमा समाचार सार्वजनिक भएको थियो । सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि बढाउनाका साथै नागरिक समाज, राजनीतिक पदाधिकारी , प्रशासनिक क्षेत्र... पुरा पढ्नुहोस
शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि ज्ञानोदय मावि १० दिनका लागि बन्द
- 3 बर्ष, 9 महिना अगाडि
- ३० पुष २०७८, शुक्रबार
म्याग्दी ३० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रवार विद्यालयका शिक्षक सहित विद्यालय कर्मचारीको कोरोना परिक्षण गरिएको थियो । उक्त परिक्षणमा थप एक... पुरा पढ्नुहोस
गाउँका पुराना घर ( तस्बीर)
- 3 बर्ष, 9 महिना अगाडि
- ३० पुष २०७८, शुक्रबार
बेनी, ३० पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा ढुंगाले छाएर बनाएका परम्परागत घरहरु । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस
कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीमा सुबेदी चयन
- 3 बर्ष, 9 महिना अगाडि
- २९ पुष २०७८, बिहीबार
म्याग्दी २९ पुस । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट अध्यक्षमा तुलसीनाथ सुबेदी सर्बसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ । बिहिबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा दामोदर शर्मा,सचिब राजु प्रसाद सुवेदी, कोषाध्यक्ष देबीप्रसाद शर्मा,सहसचिब ईन्द्र प्रसाद सुवेदी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा प्रकाश सापकोटा, रमेश... पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन म्याग्दीको बैठक सम्पन्न
- 3 बर्ष, 9 महिना अगाडि
- २९ पुष २०७८, बिहीबार
म्याग्दी २९ पुस । नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कार्य समिति म्याग्दीको बैठक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नेकपा एमाले पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न बैठकले ६ जना भुपू हरुलाई जिल्ला कार्य समिति सदस्यमा मनोनित गरको छ । मनोनित हुनेहरुमा धु्रव जिसी,... पुरा पढ्नुहोस
सार्वजनिक सेवा लिन म्याग्दीमा खोप कार्ड अनिवार्य
- 3 बर्ष, 9 महिना अगाडि
- २९ पुष २०७८, बिहीबार
म्याग्दी, २९ पुस । म्याग्दीमा सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उक्त प्रावधान लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । आगामी माघ ७ देखि लागु हुने गरी सार्वजनिक... पुरा पढ्नुहोस