म्याग्दी समाचार

मालिकामा घर–घर जाउँ कांग्रेस जिताउ अभियान सुरु

  म्याग्दी ७ चैत । नेपाली कांग्रेस म्याग्दीका घर–घर जाउँ कांग्रेसलाई जिताउ अभियान अन्तरगत आज देखि मालिका गाउपालिकामा स्थानीय चुनावलाई लक्षित गरी एक महिने चुनावी जागरण अभियान सुरु भएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले आन्तरिक निर्वाचनको रिस, कुण्ठाहरू त्यागेर सामुहिक रुपमै अभियानमा लाग्नुपर्ने बताउनुभाये... पुरा पढ्नुहोस

आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको अर्धबार्षिक समिक्षा

  म्याग्दी, ६ चैत । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले आयुर्वेद सेवा कार्यक्रम सम्वन्धी अर्धबार्षिक समन्वयात्मक समिक्षा गोष्ठी गरेको छ । आईतबार केन्द्रले आयोजना गरेको समिक्षा गोष्ठीमा अर्धबार्षिकमा गरेको गतिविधि सार्वजनिक र छलफल गरिएको थियो । आयुर्वेद स्वास्थ्य सेवा संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार विश्वकर्माको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख... पुरा पढ्नुहोस

राखु समाज युकेद्धारा हिमालय आधारभूत विद्यालयलाई नगद रु ५ लाख बढी सहयोग

  म्याग्दी ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ स्थित हिमालय आधारभूत विद्यालयलाई रु ५ लाख बढी सहयोग प्राप्त भएको छ । रघुगंगा गाउँपालिका– २ राखु भगवती र ३ राखु पिप्ले घर भई युकेमा बसोबास गर्ने राखुबासीहरुको साझा संस्था राखु समाज युकेद्धारा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रु ५ लाख ७... पुरा पढ्नुहोस

नेपाली कांग्रेस म्याग्दीको जिल्लास्तरीय प्रशिक्षण

म्याग्दी, ५ चैत । स्थानीय चुनावलाई लक्षित गरेर नेपाली कांग्रेस म्याग्दीले शनिबार जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । सदरमुकाम बेनीमा एक महिने अभियान अन्तरगत आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्मा कम्युनिष्टले अघिल्लो चुनावमा विकास, आर्थिक समृद्धिको नारा बाढेर जनतालाई भोट मागी... पुरा पढ्नुहोस

लुलाङ आधारभूत विद्यालयमा चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता

म्याग्दी , ५ चैत । म्याग्दीकाे धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयमा चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले दुईकोठे भवन... पुरा पढ्नुहोस

कृषकलाई माछाको भुरा वितरण

  बेनी, ४ चैत । बेनी नगरपालिकाले कृषकलाई माछाको भुरा वितरण गरेको छ । पशु शाखाले ३४ जना कृषकलाई १६ हजार भुरा शुक्रबार वितरण गरेको हो । नगरपालिका प्रवक्ता रामकृष्ण बराईलीले शाखा प्रमुख प्रदिप गौतमले नगरपालिमा उपस्थित कृषकलाई कमन, सिल्भर, नैनी, ग्रासकट लगायत जातका माछाका भुरा उपलब्ध गराएका थिए ।... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचन: वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

म्याग्दी । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले शुक्रबार आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा... पुरा पढ्नुहोस

मोना बेल्जियमद्वारा विद्यालयमा डेढ लाखको अक्षय कोष स्थापना

  म्याग्दी, ४ चैत । बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्देलीले डेढ लाखको अक्षय कोष स्थापना गरेका छन् । विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालयमा मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत विद्यालयमा अक्षकोषको रकम हस्तान्तरण गरिएको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संयोजनमा... पुरा पढ्नुहोस

म्याग्दीमा डढेलोको जोखिम बढ्यो : ‘मानवीय असावधानी प्रमुख कारण’

बेनी, ३ चैत । म्याग्दीमा मानवीय लापरवाहको कारण वन डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदको सुख्खायाममा घाँस पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वनजंगलमा डढेलोको जोखिम बढेको हो । वन जंगलमा हुने आगलागीका घटनाले वनजंगल संगै, बन्यजन्तु, जडीबुटी र पर्यावरणमा ठुलो विनाश निम्त्याउने गरेको छ ।  डढेलोको क्षति यतिमा... पुरा पढ्नुहोस

बेनीमा होलीको रौनक ( तस्विरमा)

म्याग्दी,३ फागुन । म्याग्दीमा हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको छ । जिल्लाको बेनी, रघुगंगा, मंगला, धवलागिरी, मालिका र अन्नपूर्णको केन्द्रदेखि गाउ–ँगाउँसम्म सर्वसाधारणले होली मनाएका छन् । प्रत्येक बर्ष फागुन शुक्ल पुर्णिमाको दिनमा बालबालिकादेखि वृद्धवृद्धाले एकआपसमा रङ, अबिर लगाईदिने, नाच गान र मिठो परिका बनाएर खवाउने गरेर हर्षोल्लासका साथ फागु पूर्णिमा... पुरा पढ्नुहोस