छन्त्याल संघको ७  औँ राष्ट्रिय महाधिवेशनः आदिवासी जनजाति सीमा रक्षक हुन, गृहमन्त्री खाँड ( तस्वीर )

  • २५ चैत्र २०७८, शुक्रबार
  • 1141 पटक पढिएको

म्याग्दी, २५ चैत । गृहमन्त्री बालकृष्ण खाँडले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार नेपाल छन्त्याल संघको ७ आँै राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाँडेल तराईदेखि हिमालसम्मको सीमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाको रुपमा भूमिका खेलेको बताउनुभयो ।


‘‘हामी तराई देखि हिमालको फेदीसम्म हे¥र्यौ भने आदिवासी जनजातीको बसोबास रहेको देख्छौँ, त्यहाँ उहाहरु बसोबास मात्रै गर्नुभएको छैन, नेपालको भूमिको रक्षा गर्न पनि भूमिका खेल्नुभएको छ, उहाँहरुप्रति सरकार धन्यबाद ज्ञापन गर्न चाहन्छ’,–उहाले भन्नुभयो ।

 

नेपालको दुर्गम र बिशिष्ट भूभागमा उल्लेख्य बसोबास रहेको छन्त्याल समुदायको अधिकारको रक्षा र कला संस्कृतिको सरक्षणमा सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । छन्त्याल समुदायको पुख्र्यौली पेशा खानी उत्खनन् रहेको उल्लेख गर्दै उहाँले खानी उत्खनन् गर्दा स्थानीयबासीको मर्म र भावना बुझेर मात्रै अघि बढ्नु उचित हुने धारणा राख्नुभयो ।


‘‘खानीले तत्कालिन समयमा नेपालको आबश्यकता परिपूर्तिमा महत्वपूर्ण योगदान दिएको थियो, अब उत्खनन्को क्रममा पनि आदिवासी जनजातिहरुसंगको सहकार्यलाई जोड दिनुपर्छ, स्थानीयको भावना र चाहना समेटीनुपर्छ, स्थानीयको उचित व्यवस्थापन गरेर मात्रै खानी उत्खनन् हुन्छन’–गृहमन्त्री खाँडले भन्नुभयो । नेपाल भुगोलको रुपमा सानो रहेपनि संस्कृति, धर्म, भाषा, भुगोल र जातिय विविधता रहेको उल्लेख गर्दै विविधताको संयोजनले नै राष्ट्रियताको संवद्र्धन गर्ने धारणा राख्नुभयो । उहाँले हिमालको फेदीसम्म बसोबास रहेको छन्त्याल समुदायको पहिचानको रक्षा र संवद्र्धनको लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

आदिवासी जनजातिहरुको मौलिक पर्वहरुमा सरकारले विदा दिएको उल्लेख गर्दै उक्त विदालाई आफ्नो भाषा, संस्कृति, परम्पराको संरक्षण र संवद्र्धनका लागि राष्ट्रिय पर्वकाे रूपमा मनाउन अाह्वान गर्नुभयाे । बेनीमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको अवसरमा बेनीमा छन्त्याल समुदायको पहिचान र संस्कृति झल्कने झाँकी सहित बजार परिक्रममा गरिएको छ । छन्त्याल समुदायको मौलिक भेषभुषा, कला संस्कृतिलाई ¥याली सहित प्रदर्शन गरिएको हो । झाँकी सहितको ¥याली पश्चात जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक उद्घाटन सत्र सम्पन्न भएको थियो ।


महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ । उद्घाटन कार्यक्रममा भाग लिन आएका छन्त्याल समुदायका सयाँैको सख्ंयामा बेनीमा झाँकी प्रदर्शन गरिएको हो । महाधिवेशनको बन्द सत्रमा विभिन्न ११ जिल्लाबाट आएका ३५० बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी संघका अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो ।