म्याग्दी समाचार

धौलागिरि आधार शिविरमा भेटिएको हेलिकप्टरको अवशेषको वास्तविकता यस्तो छ

म्याग्दी १७ वैशाख । नेपाली सेनाको हिमाल सफाइ अभियानमा निस्किएको सेनाको टोलीले म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धवलागिरि हिमालको आधार शिविरमा हेलिकप्टरको अवशेष फेला पारेपछि यस बिषयले राष्ट्रिय मिडियामा प्राथमिकता पाएको छ । नेपाली सेनाको टोलीले शुक्रवार आधार शिविरमा दुर्घटनाग्रस्त हेलिकप्टर र त्यहि स्थान नजीकै दुई सबको अवशेष फेला पारेपछि... पुरा पढ्नुहोस

मुस्ताङमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

एसके थकाली मुस्ताङ १७ वैशाख ।  मुस्ताङमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका—४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो । बिहीबार साँझ उपचारका लागि अस्पतालमा राखिएकोमा राति मृत्यु भएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ । मुस्ताङमा कोरोनाबाट मृत्यु भएको यो पहिलो... पुरा पढ्नुहोस

राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा पौडेल चयन

म्याग्दी १५ वैशाख । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा बिपिन पौडेल चयन भएका छन् । मंगलवार बेनीमा सम्पन्न संघको प्रथम जिल्ला अधिवेशनबाट पौडेलको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरिएको हो । संघको बरिष्ठ उपाध्यक्षमा दुर्गा रोका,प्रथम उपाध्यक्षमा किसान सुनार, दितिय उपाध्यक्षमा बिजय सुनार, महिला उपाध्यक्षमा सृजना रोका,महासचिबमा कमल पौडेल, सचिबमा... पुरा पढ्नुहोस

तातोपानी कुण्डहरु बन्द

म्याग्दी, १५ बैशाख । कोभिड–१९ को दोस्रो लहरको तिव्र प्रकोपले गर्दा म्याग्दीका तातोपानी कुण्डहरु स्नान कार्य बन्द गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अघिकारीको अध्यक्षतामा बुधबार प्रशासनमा जिल्ला सुरक्षा समितिको बैठकलले जिल्लाका सबै तातोपानी कुण्डहरु बन्द गराउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले प्रकाशित विज्ञप्तीमा गलेश्वरधाम मन्दिर... पुरा पढ्नुहोस

२४ घण्टामा ४५ सय बढीमा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार... पुरा पढ्नुहोस

म्याग्दीका विद्यालय दुईहप्ता बन्द

  म्याग्दी,१४ बैशाख । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कोभिड– १९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको आकस्मिक बैठकले दुईहप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको कारण यही बैशाख १५ गते बुधबारदेखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर... पुरा पढ्नुहोस

धौलागिरि हिमालमा नेपाली महिलाहरुको किर्तिमानी आरोहणको तयारी

म्याग्दी, १३ बैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदीमा अवस्थित धौलागिरी हिमालमा नेपाली महिलाहरुले किर्तिमानी कायम गर्नका लागि आरोहण गर्ने भएका छन् । हालै अन्नपुर्ण हिमालमा नेपाली महिलाहरुको तर्फबाट पहिलो पटक आरोहण गर्न सफल टोलीले धौलागिरी हिमालको आरोहण गर्न समेत लागेका हुन् । नेपालमा आठहजार भन्दा अग्लो धौलागिरि हिमालमा अहिल्यसम्म... पुरा पढ्नुहोस

वैवाहिक बर्षगाँठको अवसरमा श्रीमतीलाई विमा पोलिसी उपहार

म्याग्दी १३ वैशाख । विवाहको बर्षगाँठको अवसरमा श्रीमान श्रीमती बिचमा आकर्षक विभिन्न उपहार आदान प्रदान गर्ने प्रचलन छ । तर एक पुरुषले आफ्नो वैवाहिक बर्षगाँठको अवसरमा श्रीमतीको जिवन विमा गरिदिएका छन् । लुम्बिनु प्रदेशको रुपन्देही जिल्ला घर भएका अमित पौडेलले विवाहको नवौँ बर्षगाँठमा आफ्नो श्रीमतीलाई रु १५ लाख बराबरको जिवन... पुरा पढ्नुहोस

म्याग्दीका एक जनासहित गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमितको मृत्यु

  म्याग्दी, १३ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका वृद्धको मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार बिहान सवा ३ बजे उपचारको क्रममा मृत्यु भएको हो । म्याग्दीसहित गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोना : नियन्त्रणका योजना कागजमै सीमित, जनस्वास्थ्यका मापदण्ड पालना फितलो

म्याग्दी १३ वैशाख । कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बनेको हो । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहेका म्याग्दीका प्रमुख जिल्ला... पुरा पढ्नुहोस