ताजा अपडेट

जनयुद्धको भावना समेटीने गरि पार्टी एकता गर्न माओवादी केन्द्र बेनी नगरकमिटीको सुझाब

म्याग्दी, ८ वैशाख । नेकपा माओवादी केन्द्र , बेनी नगरकमिटीले एमाले र माओवादीबिचको पार्टी एकताको क्रममा जनयुद्धको भावनालाई समेटेर एकता गर्न सुझाब पठाएको छ । शनिवार बेनीमा सम्पन्न नगर कमिटी बैठकले दुई ठुला बामपन्थी दलहरु एक हुन लागेकोमा खुसी व्यक्त गर्दै नेपालमा पछिल्लो परिवर्तनको जग जनयुद्धको भावलाई समेटीने गरि पार्टी... पुरा पढ्नुहोस

गोधूली सम्मानबाट म्याग्देली गायक भुजेल सम्मानीत

म्याग्दी, ८ वैशाख । म्याग्देली गायक राजन भुजेल सम्मानीत भएका छन् । गोधूली साहित्यिक प्रतिष्ठानले सातौं वार्षिकोत्सवका अवसरमा हाल काठमाण्डौमा बसोबास गर्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका–३ घर भएका गायक भुजेल लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको हो । प्रतिष्ठानले शुक्रबार गरेको वार्षिकोत्सव कार्यक्रममा कलाकार भुजेललाई नेपाली गितसंगीतको क्षेत्रमा निरन्तर लागेर उल्लेख्य... पुरा पढ्नुहोस

ज्यामरुककोट स्वास्थ्य चौकीको सामाजिक परिक्षण

म्याग्दी, ८ वैशाख । बेनी नगरपालिका २ ज्यामरुककोटमा अवस्थित ज्यामरुककोट स्वास्थ्यचौकीको सामाजिक परिक्षण गरिएको छ । नेपाल सरकारको सन् २०२० सम्म नेपालका २५ शैया सम्मका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्य गर्ने नीति रहेको छ । सोही बमोजिम जिल्लामा आब २०६७/०६८ देखि जिल्लाका ५ वटा स्वास्थ्य संस्थावाट सुरु गरिएको परिक्षण कार्यक्रम... पुरा पढ्नुहोस

किन जाँदैछन गायक पंगेनी टाढा ! भिडियो सहित)

गायक सुशील पंगेनीको ‘तिमी जाँदै छौ’ बोलको गित सार्वजनिक भएको छ । फिल्म लेखकको रुपमा परिचित पंगेनीले आफ्नै स्वर, शब्द र संगीतमा उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । उक्त गितमा मायाँ प्रेमको भावनालाई समेटीएको छ । झण्डै एक दशकदेखि फिल्म लेखन र गीत रेकडिङमा सक्रिय रहेका पंगेनीले... पुरा पढ्नुहोस

मल्कबाङ्गको जनजागृति माविमा भवन निर्माण, विद्यालय पुनःनिर्माणमा समुदायको साथ

म्याग्दी, ६ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङ्गमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप गरि विद्यालय भवन पुनःनिर्माण गरिएको छ । पुनःनिर्माणको लागि जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको बजेट अपुग भएपछि स्वदेश तथा विदेशमा रहेका मल्कबाङ्गबासीले चन्दा संकलन गरि भवन निर्माणलाई पूर्णता दिएका हुन् । जिल्ला शिक्षा कार्यालयले भवन निर्माणको लागि... पुरा पढ्नुहोस

बाँदरविरुद्ध उजुरी !, धमाधम ‘पक्राउ’ गरिँदै

धनकुटा — स्थानीय तहमा विकासका योजना लिएर सेवाग्राही पुग्ने कुरा सामान्य हो । तर, पछिल्लो समय जिल्लाका कतिपय नगर तथा गाउँपालिकामा बॉदरले सास्ती दिएर बसाइँ सर्ने अवस्थामा पुगेको भन्दै सर्वसाधारणले बाँदर नियन्त्रण गर्न माग राख्दै आएका छन् । सदरमुकाम धनकुटा नगरपालिका-६ का वडाध्यक्ष नरेश श्रेष्ठ पछिल्लो समय गाउँघर पुग्दा स्थानीयले... पुरा पढ्नुहोस

कालीगण्डकी करिडोरको निर्माण तीव्र

पर्वत - झण्डै एकदशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ ।  राष्ट्रिय गौरवको आयोजना चीन–भारत जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सडकखण्डको मार्ग खुलाउने तथा स्तरवृद्धिको काम तीव्रगतिमा अघि बढेको छ । करिडोरअन्तर्गत रानीपानी–फलेवास सडकखण्डको स्तरवृद्धि गर्न चालु आर्थिक वर्षमा रु... पुरा पढ्नुहोस

दरवाङमा तार जडित टेलिफोन सेवा विस्तार

म्याग्दी ८ बैशाख  जिल्ला सदरमुकाम बेनी देखि २४ किलोमिटर पश्चिममा अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तार जडित टेलिफोन सेवा विस्तार भएको छ । सरकारी स्वामीत्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलीकमले मालिका गाउँपालिका ५ देविस्थानमा रिपीटर टावर स्थापना गरेर योङ्ग जेनेरेशन नेटवर्क (एनजिएन) प्रबिधिको टेलीफोन विस्तार गरेको हो... पुरा पढ्नुहोस

शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई तालिम

म्याग्दी, ८ वैशाख । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा शुक्रबारदेखि स्वास्थ्यकर्मीहरुका लागि शीघ्र एकीकृत कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा तालिम सञ्चालन गरिएको हो । शीघ्र र मध्यम कुपोषणको पहिचान गरी उपचार गर्ने... पुरा पढ्नुहोस

२८ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

म्याग्दी, ८ वैशाख । नेपाल निजामती कर्मचारी संगठनले शैक्षिक सामाग्री वितरण गरेर २८ औं स्थापना दिवस मनायको छ । बेनि नगरपालिका २ बगरफाँट रहेको सरस्वती आधाभूत विद्यालयमा अध्ययन गर्ने गरिव तथा विद्यालय क्षेत्र बाहिर रहेका ३ जना नयाँ विद्यार्थिलाई विद्यालयमा भर्न गराई पोसाक कपि कलाम वितरण गरि तथा अन्य विद्यार्थिलाई... पुरा पढ्नुहोस