राष्ट्रघातका विरुद्ध भन्दै विप्लव नेतृत्वको नेकपाद्धारा २२ गते नेपाल बन्द
- २१ बैशाख २०७५, शुक्रबार
- 2126 पटक पढिएको
म्याग्दी, २१ वैशाख । वर्तमान सरकारले राष्ट्रघातका काम गरेको भन्दै विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बैशाख २२ गते नेपाल बन्दको आह्वान गरेको छ । नेकपा म्याग्दीले एक प्रेस विज्ञप्ती जारी गर्दै २२ गते नेपाल बन्द गर्ने जनाएको हो ।
भारतले नेपाली भुमि अतिक्रमण गरिरहेको सन्दर्भमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण केबल यहाँका खोलानाला भारतको कब्जामा बुझाउने अस्त मात्रै भएको आरोप लगाउँदै आसन्न भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा नेपालको अस्तित्व नै संकटमा पर्ने, स्वतन्त्र कार्यक्रमममा समेत हस्तक्षेप गरेको भन्दै विरोध गरिएको छ ।
नेकपाका जिल्ला सेक्रेटरी रन्जितद्धारा हस्ताक्षरीत विज्ञप्तीमा बन्दलाई सफल पार्न अनुरोध गरिएको छ । एमाले र माओवादी गठबन्धनको वर्तमान सरकारले कम्युनिष्ट सरकार भनेर जनतामा भ्रम छरेको र जनयुद्धको जगबाट प्राप्त उपलब्धीहरुलाई समेत मास्न उद्धत भएको आरोप लगाईएको छ ।