मौवाफाँट टोल सुधार समिति गठन
- २१ बैशाख २०७५, शुक्रबार
- 1986 पटक पढिएको
म्याग्दी, २१ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका –३ मौवाफाँटमा टोल सुधार समिति गठन भएको छ । शुक्रवार वडा अध्यक्ष जिवन कुमार मल्लको अध्यक्षतामा बसेको भेलाले १३ सदस्यीय मौवाफाँट टोल सुधार समिति गठन गरेको हो । भेलाबाट गोपाल शर्माको अध्यक्ष, पदम विश्वकर्मा सचिब र यामकुमारी गर्वुजा कोषाध्यक्ष रहनुभएको टोल सुधार समिति गठन भएको छ ।
समितिको सदस्यहरुमा हरिप्रसाद सुवेदी, विन्दु भण्डारी, रत्नकुमारी कार्की, रसिला किसान, यसोदा सुवेदी, संगीता आचार्य, सुर्यदक्त शर्मा, जितबहादुर पाईजा, भक्तबहादुर चन्द, इन्द्र बहादुर खत्री रहनुभएको छ । सो समितिले गाउँको विकास निर्माण योजनाहरुको योजना तर्जुमा गरि वडा कार्यालयलाई सिफारिस गर्नेछ ।