ताजा अपडेट
मंगलबार डेढ लाखको टिकट विक्रि
- 7 बर्ष, 13 दिन अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी २५ पुष । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैठौँ म्याग्दी महोत्सवको नजिकै गर्दा मंगलबार डेढ लाखको टिकट विक्रि भएको छ । मंगलबार एकै दिनमा रू. १ लाख ५० हजारको विशेष टिकट विक्री भएको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए । महोत्सवमा प्रमुख पर्यटकिय स्थल फोटा,े स्थानीय... पुरा पढ्नुहोस
माओवादी केन्द्र बेनपा ७को अध्यक्षमा शर्मा
- 7 बर्ष, 13 दिन अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुष । नेकपा माओवादी केन्द्र बेनी नगरपालिका वडानम्बर ७ को प्रथम वडा सम्मेलनबाट लक्ष्मण शर्माको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा रहमत खान, सचिवमा सुरेश ढुङ्गना, कोषाध्यक्षमा खेम केसी, सहसचिवमा विजुला बानियाँ रहेको कमिटिको सदस्यहरुमा कृष्ण आचार्य, मोहन आचार्यं भुवन आचार्य, शान्ति शाक्य,... पुरा पढ्नुहोस
बेनी अस्पतालमा पूर्वाधार थपिदै
- 7 बर्ष, 13 दिन अगाडि
- २५ पुष २०७४, मंगलवार
बेनी २५ पुष । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा पूर्वाधार विस्तारले तिब्रता पाएको छ । दुई वर्षअघि ५० शैया क्षमत्तामा स्तरवृद्धी भएको अस्पतालमा सोही अनुसार भौतिक पूर्वाधार निर्माण हुन थालेको हो । ५० शैया क्षमत्ताको अस्पताल भवनसंगै डाक्टर र नर्सको आवास भवन निर्माण कार्य सुरु भएको छ । अस्पताल परिसरमा... पुरा पढ्नुहोस
राजपत्र प्रकाशित गर्दै रघुगंगा गाउँपालिकाको स्थायी केन्द्र मौवाफाँट कायम
- 7 बर्ष, 13 दिन अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट कायम भएको छ । गाउँपालिकामा बहुमत जनप्रतिनिधिहरुले गरेको निर्णय बमोजिम सरकारले मंगलवार राजपत्रमा प्रकाशित गरि रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट कायम गर्ने निर्णयलाई बैधानिकता दिएको हो । तत्कालिन स्थानीय तह पुर्नसंरचना आयोगले गाउँपालिकाको अस्थायी केन्द्र पाखापानी तोकेर निर्वाचन... पुरा पढ्नुहोस
ढिलासुस्तीले थलिए विकास आयोजनाहरु
- 7 बर्ष, 13 दिन अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी,२५ पुष । चार वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०६६ देखि नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको राहुघाट जलविद्युत् आयोजना भारतीय ठेकेदार कम्पनी आइभिआरसिएलले अधकल्चो बनाएर छोडेपछि अझै अघि बढ्न सकेको छैन । आइभिआरसिएलसँगको ठेक्का तोडेको दुई वर्षपछि २०७४ मंसिर ८ गते प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट निर्माणका लागि भारतकै अर्को... पुरा पढ्नुहोस
अस्पतालबाट पक्राउ परेका डा. गोविन्द केसीलाई सिंहदरबार हिरासतमा राखियो
- 7 बर्ष, 14 दिन अगाडि
- २४ पुष २०७४, सोमबार
काठमाडौं – सर्वोच्च अदालतको मानहानीको आरोपमा त्रिवि शिक्षण अस्पतालबाट पक्राउ परेका प्राध्यापक डाक्टर गोबिन्द केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रमख रवीन्द्र धानुकले उनलाई सिंहदरबार हिरासतमा राखिने जानकारी दिए । केसीलाई बा १ झ ७२६६ नम्बरको प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर सिंहदरबार पुर्याइएको... पुरा पढ्नुहोस
बेनी बजारबाट बरामद भएको लागू औषध नष्ट
- 7 बर्ष, 14 दिन अगाडि
- २४ पुष २०७४, सोमबार
म्याग्दी, २४ पुस । जिल्ला प्रहरी कार्यालयले हालै बेनी बजारबाट बरामद भएको लागू औषध सोमबार नष्ट गरेको छ । बेनी नगरपालिकाका प्रतिनिधि र पत्रकारहरुको रोहबरमा पुष १४ गते बेनीको संगमचोकबाट बरामद भएको १३५ थान डाईजावाम, एनारगन र बुफ्रिनेफिन नामको लागु औषध नष्ट गरेको हो । लागु औषध सहित पक्राउ परेका... पुरा पढ्नुहोस
बेग –बाँदुक जोड्ने निर्माणधिन पुलबाट खसेर दुई जना मजदुरको मृत्यु
- 7 बर्ष, 14 दिन अगाडि
- २४ पुष २०७४, सोमबार
म्याग्दी, २४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माणधिन झोलुङ्गे पुलबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ । आज साँझ पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लीएर दुई जना कामदार खसेका थिए । निर्माणधिन पुलको तल व्यास हालेपनि दायाँ र बायाँतर्फ तार लगाउने काम नसकिएको... पुरा पढ्नुहोस
त्रिसट्ठी हजार पर्यटकले घान्द्रुक-घोडेपानीको भ्रमण गरे
- 7 बर्ष, 14 दिन अगाडि
- २४ पुष २०७४, सोमबार
म्याग्दी, २४ पौष । सन् २०१७ मा ६३ हजार ५०० बाह्य पर्यटकले घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय घान्द्रुकका अनुसार सन २०१६ को तुलनामा सन् २०१७ मा बिरेठाटी हँुदै घोडेपानी र घान्द्रुकको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४८ प्रतिशतले बढेको छ । सन् २०१७... पुरा पढ्नुहोस
डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चद्धारा पक्राउ पूर्जी जारी
- 7 बर्ष, 14 दिन अगाडि
- २४ पुष २०७४, सोमबार
२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ । डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमाभैम पर्ने गरी न्याय व्यवस्था,... पुरा पढ्नुहोस