ताजा अपडेट

म्याग्दीलाई चिनाउन ‘भ्रमण बर्ष–२०७५ मनाउन लागेका हौँः अध्यक्ष कर्माचार्य (भिडियो सहित)

म्याग्दी, २५ वैशाख । पर्यटकीय सम्भावनायुक्त म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीका पर्यटकीय क्षेत्रहरु ओझेलमा परेकाले म्याग्दी भ्रमण बर्ष... पुरा पढ्नुहोस

धौलागिरि गाउँपालिकामा विकास निर्माणमा तिब्रता

मराङ २५ बैशाख । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकामा विकास निर्माणले तिब्रता पाएको छ । स्थानीय तह कार्यान्वयनमा आएको र जनप्रतिनिधि निर्वाचित भएपछि सडक, घोरेटो बाटो, सामुदायीक भवन, कल्भर्ट, खानेपानी, सिचाई, विद्यालय क्षेत्रमा विकास निर्माणले तिब्रता पाएको हो । विगतमा जस्तो आर्थिक वर्षको अन्तमा हतार... पुरा पढ्नुहोस

मुक्तिनाथमा मोदीलाई नागरिक अभिनन्दन हुने (भिडियो सहित)

म्याग्दी, २५ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा आउने मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम छ । उनको सम्मानमा मुस्ताङबासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवम्र बाह्रगाउँमुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष... पुरा पढ्नुहोस

मराङमा आमा समूहले निर्माण गरेको भवन उद्घाटन(फोटो फिचर)

मराङ २४ बैशाख । धौलागिरि गाउँपालिका ६ मराङको कुम्रीमा प्रगतीशिल आमा समूहले निर्माण गरेको सामुदायीक भवनको सोमबार एक समारोहका बिच उद्घाटन गरिएको छ । आमा समूहको कोष, प्रवासी, सरकारी निकायको अनुदान सहयोग र स्थानीयबासीको श्रमदानमा निर्माण भएको तिन कोठे भवनको पूर्व सांसद नवराज शर्माले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनपछि... पुरा पढ्नुहोस

जलजलाका कृषकलाई गोठ सूधारमा अनुदान

बेनी २४ बैशाख । जलजला गाउँपालिका अन्तरगत पशु सेवा शाखाले भुकम्प प्रभावीक कृषकहरुलाई गोठ सुधारमा अनुदान वितरण गर्न सुरु गरेको छ । लामाखेत स्थित गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिमा पुनले जलजला ७ का कृषक मनबहादुर क्षेत्रीलाई नगद हस्तान्तरण गरेर अनुदान वितरणको शुभारम्भ गर्नुभएको हो । भुकम्पबाट प्रभावीत दश... पुरा पढ्नुहोस

म्याग्दीको विकासमा रचनात्मक सहयोग गर्छौः मोना युएईका अध्यक्ष कार्की (भिडियो)

म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले रोजगारि, व्यवसाय लगायतको शिलसिलामा युएईमा पुगेका म्याग्देलीहरुलाई गोलबद्ध गर्ने अभियान थालेको छ । त्यहाँ रहेका म्याग्देलीहरुलाई आईपर्ने समस्याहरु समाधानको लागि सामुहिक प्रयास गर्नुको साथै जिल्लाको सामाजिक क्षेत्रमा सहयोग गर्ने उदेश्य अनुरुप संस्थाले विभिन्न कामहरु गर्दै आएको छ । यसै सन्दर्भमा मोना युएईका अध्यक्ष प्रकाश... पुरा पढ्नुहोस

हाट बजारका संरचनालाई प्रयोगमा ल्याउन ज्ञापनपत्र

म्याग्दी, २४ बैशाख । बेनीको शिवालय टोल सुधार समितिले खुल्लामञ्च नजिक बहुउद्देश्यीय मैदानमा निर्माण गरिएको हाट बजारका संरचनालाई प्रयोगमा ल्याउन माग गरेको छ । लामो समयदेखि हाट बजारका संरचना गोठमा परिणत भएको भन्दै टोल सुधार समितिले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलाई सोमबार ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो । समितिका... पुरा पढ्नुहोस

स्वास्थ्यकर्मीलाई शीघ्र एकीकृत कुपोषणको व्यवस्थापनसम्बन्धी तालिम

प्रताप बानियाँ /म्याग्दी, २४ बैशाख । जिल्लाको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सोमबारदेखि स्वास्थ्यकर्मीहरुका लागि शीघ्र एकीकृत कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा तालिम सञ्चालन गरिएको हो । शीघ्र र मध्यम कुपोषण पत्ता लगाई... पुरा पढ्नुहोस

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा ( भिडियो सहित )

म्याग्दी, २४ वैशाख । शुभ कार्यहरुमा परम्परागत रुपमा पुरुषहरुले मात्रै बजाउने गरेको नौमती बाजा महिलाहरुले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउनेहरु हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलिहरुले भने महिला र पुरुष दुबैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको सुरुवात गरेका हुन् । नौमती बाजा बजाउनेमा महिलाहरुले मादल, दमाह... पुरा पढ्नुहोस

मोदीको आसन्न भ्रमणलाई लक्षित गरि मुस्ताङमा उच्च सुरक्षा सर्तकता

ठिनी, मुस्ताङ २४ बैशाख  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।तिब्बती सिमामा रहेको नेचुङ र म्याग्दीसंगको सिमाना घाँसामा चेकजाँचमा कडाई गरिएको छ । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरण सहितको अभिलेख संकलन गरिएको छ । सुरक्षा निकायको दैनिक... पुरा पढ्नुहोस