ताजा अपडेट
मोना कतारको बहुउदेश्यीय अक्षयकोषमा साँस्कृतिक कार्यक्रमबाट ६ लाख जुट्यो
- 6 बर्ष, 10 महिना अगाडि
- २४ बैशाख २०७६, मंगलवार
म्याग्दी, २४ वैशाख । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमो बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि रकम जम्मा गर्न सुरु गरेको छ । नयाँ बर्ष २०७६ को अवसरमा कतारमा आयोजना गरिएको चौथो विविध साँस्कृतिक कार्यक्रमबाट बहुउदेश्यीय अक्षयकोषको लागि रु ६ लाख संकलन गरेको हो । साँस्कृतिक... पुरा पढ्नुहोस
विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
- 6 बर्ष, 10 महिना अगाडि
- २४ बैशाख २०७६, मंगलवार
बेनी २४ बैशाख । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको घरीथोकमा रहेको प्रतिनरमा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई एक वर्षका लागि पुग्ने शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ ।स्थानीय सुर्यमुखी युवा क्लवको पहलमा दमप्रसाद घर्ती (कोरेठेगा)ले कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयका करिब ६० जना विद्यार्थीहरुलाई एक वर्षका लागि आवश्यक कापी र कलम... पुरा पढ्नुहोस
रघुगंगामा पटके सवारीसाधन कर हट्यो
- 6 बर्ष, 10 महिना अगाडि
- २४ बैशाख २०७६, मंगलवार
म्याग्दी,२४ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा पटके सवारीसधान कर हटाईएको छ । रघुगंगा गाउँ कार्यपालिको बैठकले आगामी जेठ १ गते देखि लागु हुने गरि पटके सवारी साधन कर हटाएको हो । रघुगंगाभित्र नियमित चल्ने सवारी साधनबाट उठाउदै आएको कर आगामी जेठ १ देखि लागु हुने गरि हटाईएको रघुगंगा गाउँपालिका... पुरा पढ्नुहोस
रघुगंगामा दुई गाउँपालिका बनाउन माग गर्ने कार्यापालिका बैठकको निर्णय, योजना तर्जुमाको ७ बुँदे मार्गदर्शन तयार
- 6 बर्ष, 10 महिना अगाडि
- २४ बैशाख २०७६, मंगलवार
म्याग्दी २४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकालाई दुई गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको छ । आईतवार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले हिमाली जिल्लाको मान्यता प्राप्त गरेको र गाउँपालिकामा समावेश भुगोल प्रशासनिक सुगमता मिलाउन कठिन भएकाले अहिलेको गाउँपालिकालाई २ गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी... पुरा पढ्नुहोस
सुशासन र विकास पत्रकारिता तालिम
- 6 बर्ष, 10 महिना अगाडि
- २३ बैशाख २०७६, सोमबार
जोमसोम २३ बैशाख । मुस्ताङको जोमसोममा सुशासन र विकास पत्रकारिता तालिम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो । अस्टे«लीयन राजदुतावासको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको समन्वयमा सञ्चालित... पुरा पढ्नुहोस
औलामा सडक
- 6 बर्ष, 10 महिना अगाडि
- २३ बैशाख २०७६, सोमबार
बेनी २३ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औला गाउँ सडक सञ्जालमा जोडिएको छ । हिस्तानको दोसल्ले देखि औला जोड्ने सडक निर्माण भएपछि स्थानीयबासी उत्साहीत भएका छन् । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत सडक निर्माण भएको हो । औलामा सडकसंगै सहज यातायात सुविधाको पहुँच पुगेको वडा अध्यक्ष... पुरा पढ्नुहोस
विद्यालयलाई सहयोग
- 6 बर्ष, 10 महिना अगाडि
- २३ बैशाख २०७६, सोमबार
पार्वती सुवेदी, मराङ २३ बैशाख । धवलागिरी गाउँपालिका ६ मराङमा रहेको जनविकास माध्यमिक विद्यालयलाई एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन् । मराङको ठूलोगाउँका स्वर्गीय नारच्याङ गर्बुजाको स्मृतिमा उहाँका छोरीहरु पदमकुमारी जुग्जाली, वुद्धिमाया जुग्जाली र गौकुमारी शेरपुञ्जाले आइतबार एक लाख दश हजार १८५... पुरा पढ्नुहोस
जिल्लाका धार्मिक क्षेत्रहरुको पर्यटन प्रवद्र्धनमा सरोकारवालाको जोड
- 6 बर्ष, 10 महिना अगाडि
- २३ बैशाख २०७६, सोमबार
प्रताप बानियाँ, हिमाली जिल्ला म्याग्दीमा रहेका धार्मिक पर्यटकीय गन्तव्यका क्षेत्रहरुको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । जिल्लाको विभिन्न ठाउँहरुमा प्राचीनकालीन सभ्यता, संस्कार र आस्थाका आधारमा अवस्थित ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताइएको हो । यसैक्रममा शनिबार म्याग्दी सदरमुकाम बेनीबजारदेखि बेनी नगरपालिका–५ पुलाचौर तथा ९ नम्बर वडा... पुरा पढ्नुहोस
डाँडागाउँमा भलिबलको प्रशिक्षण
- 6 बर्ष, 10 महिना अगाडि
- २३ बैशाख २०७६, सोमबार
बेनी २३ बैशाख । मालिका गाउँपालिका ३ डाँडागाउँमा शनिबार देखि भलिबल खेलको प्रशिक्षण सुरु भएको छ । भलिबल खेलाडीहरुको सिप तथा क्षमता विकास गर्ने उद्देश्यले जनसाहरा युवा क्लवको आयोजनामा सुरु भएको प्रशिक्षण एक महिनासम्म सञ्चालन हुनेछ् । प्रशिक्षणको मालिका ३ का वडा अध्यक्ष हेमबहादुर पुनले उद्घाटन गरेका थिए । राष्ट्रिय... पुरा पढ्नुहोस
प्रअमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ
- 6 बर्ष, 10 महिना अगाडि
- २२ बैशाख २०७६, आईतवार
बेनी २२ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानध्यापक माथि नै कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका ८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातिय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको... पुरा पढ्नुहोस