बेगको एक घर, एक धारा खानेपानी आयोजना अलपत्र

  • १० जेष्ठ २०७६, शुक्रबार
  • धिरन खत्री
  • 2075 पटक पढिएको

 

म्याग्दी, १० जेठ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग गाउँमा एक घर एक धारा खानेपानी आयोजना अलपत्र परेको छ । साविक खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयको सात करोडको ४ लाख स्टिमेट लागतमा बेगखोला खानेपानी आयोजना मार्फत गाउँका करिब ४ सय बिस घरधुरी २ हजार ५ सय मानिसहरु लाभान्वित हुने उद्देश्यले संचालित आयोजना अलपत्र परेको हो ।


२०७० साल देखी खानेपानी आयोजनाको निर्माण कार्य सूरु गरिएको योजना सम्पन्न हुने अन्तिम चरणमा अलपत्र परेको हो । बेगको सिख्यान, देउराली फाँट, चुत्रेनी वडाथान, अंग्रेरी, भिमसेन टोल, ठूलोे, मदुखर्क, सुरा, औल, चिलाउनेखर्क, भजेनी, बास्कोट, सिबोरी र सिम ठाउँमा रहेका ४ सय २० घरधुरिमध्ये ३ सय ५० घरमा धारा जडान गरेको एकबर्ष वितिसक्दा पनि धारोमा पानी आउन सकेको छैन् ।
मुहानदेखि विभिन्न ठाउँमा खोनपानी ट्यांकीहरु बेवारिसे अवस्थामा भएको छ। स्थानीयले ४०/ ५० हजार खर्च गरेर बनाएको धारा बेवारिसे बन्दै अस्थाइ मुलको पानी लिएर खानुपर्ने बाध्यता भएको स्थानीय नरबहादुर राम्जालीले बताए ।
गाउँमा खानेपानीको समस्यालाई अत्य गर्नका लागी आयोजनाले १ लाख लि. को ट्याङकी १ वटा, २० हजार लि. को ४ वटा, १० हजार लि.को १ वटा अन्य केही साना ट्याङकी निमार्ण गरिएका ट्यांकी प्रयोगविहिन भएको छ ।
आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको १ बर्ष वितिसक्दा पनि स्थानीय मुलको पानी खानुपर्ने बाध्यतामा रहेका छन् । स्थानीयले प्रदेश र संघमा विभिन्न क्षेत्रबाट पहल गरिएपनि सम्वन्धित क्षेत्रको लापरबाहीले आयोजना अलपत्र अवस्थामा रहेको स्थानीय बताउछन् ।
नेपालकै अग्लो र लामो पुल, जिल्लाकै नमुना पदमार्ग भएको बेगमा एक घर एक धारा आयोजना अलपत्र हुदाँ स्थानीय निराश बनेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l