दरबाङमा आधारभुत पत्रकारीता तालिम सम्पन्न (फोटो फिचर)

  • ११ जेष्ठ २०७६, शनिबार
  • धिरन खत्री
  • 2758 पटक पढिएको

म्याग्दी ११ जेठ ।  म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा शनिवार दुई दिने आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा सञ्चालित तालिममा गाउँपालिकाको ७ वटै वडाबाट ३५ जनाको सहभागिता रहेको थियो ।

तालिम समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले स्थानीय तहमा पत्रकारीताको विकास गर्न तालिम फलदायी बन्ने बताउनुभयो । उहाँले स्थानीय सरकारका गतिविधिलाई बाहिर ल्याउन, विकास निर्माण योजना र सेवा प्रवाहमा निगरानी बढाउन स्थानीय तहमा पत्रकार र सञ्चार क्षेत्रको पहुँच आबश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्याय, वडा नम्बर ६ का वडा अध्यक्ष सन्तनाथ जैसी र तालिमका प्रमुख प्रशिक्षक एवम नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले पत्रकारीता क्षेत्र सम्भावना र चुनौति दुबै बाकेको क्षेत्र रहेको बताउँदै तालिममा शिकेका शिप र ज्ञानलाई व्यवहारमा उतार्न सके पत्रकारीता तर्फको यात्रा सहज हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट प्रेम जुग्जाली र ममता पुनले स्थानीय स्तरका गतिवधि र घटनाहरुलाई सञ्चार माध्ययमको पहुँचमा पु¥याउन लागिपर्ने बताउँदै पत्रकारीताको क्षेत्रमा लाग्नको लागि तालिमले प्रेरणा मिलेको बताउनुभयो । संघियता कार्यान्वयन संगै हरेक स्थानीय तहमा पत्रकार उत्पादन गर्ने उदेश्यले जिल्लामा रहेका स्थानीय तहसंग सहकार्य गरि मालिका संगै जिल्लाको ५ वटै गाउँपालिकामा पत्रकारीता तालिम सञ्चालन गरिएको म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्रीले जानकारी दिनुभयो ।

सोसाईटीका अध्यक्ष खत्रीको अध्यक्षता, सचिब अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागिहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएको तालिममा म्याग्दीमा क्रिायशिल पत्रकारहरु तारानाथ शर्मा, घनश्याम खड्का, कमल खत्री, सन्तोष गौतम, हरिकृष्ण गौतम, गोरखनाथ सुवेदी, ध्रुर्वसागर शर्मा, सुदर्शनकुमार श्रेष्ठ लगाएतले सहजीकरण गर्नुभएको थियो । तालिमको शुक्रवार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l