पुलाचौरमा नेकपाको सपथ

  • ९ जेष्ठ २०७६, बिहीबार
  • 1492 पटक पढिएको

 

बेनी ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बेनी नगरपालिका ५ पुलाचौरमा पूर्ण बैठक सम्पन्न भएको छ । बैठकको अवसरमा नेकपा जिल्ला कमिटि सदस्य ज्योती लामिछानेले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।

पुलाचौरमा भोजबहादुर कार्की अध्यक्ष र सागर पौडेल सदस्य रहनुभएको नेकपाको २५ सदस्यीय वडा कमिटि गठन भएको छ । कार्यक्रममा प्रमुख अतिथि लामीछाने, नेताहरु रामप्रसाद सुवेदी, बलराम सुवेदी, राजकुमारी परियार र बलराम दर्जीले मन्तब्य व्यक्त गर्नुभएको थियो । वडा कमिटि अध्यक्ष भोजबहादुर कार्कीको अध्यक्षता र सचिव सागर पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।