बालबिवाह न्युनीकरणमा जोड

  • ११ जेष्ठ २०७६, शनिबार
  • 2059 पटक पढिएको

 

बेनी ११ जेठ । बेनीमा शनिबार बाल बिवाह लैङ्गिक हिंसा तथा हानिकारक अभ्यास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।पलान इन्टरनेशनलको सहयोगमा सिवीन नेपालको समन्वयमा युवा सञ्जाल म्याग्दीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागिहरुले समाजमा विद्यमान बालबिवाह, लैङ्गिक हिंसा र गलत अभ्यासलाई न्युनीकरणमा जोड दिएका थिए ।बालबिवाह र लैङ्गिक हिंसा न्युनीकरणका लागि कानुनी सचेतनाको आवश्यकता रहेको सहभागिको भनाई थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मण सापकोटाले बालबिवाह, लैङ्गिक हिंसाको अवस्था, यसको कारण, न्युनीकरणका उपाय र त्यस्ता गतिबिधि गर्नेमाथि हुने कानुनी कारबाहीको बारेमा सहजिकरण गर्नुभएको थियो ।