नेपाली काँग्रेसको थाकनपोखरीमा जागरण अभियान

  • १२ जेष्ठ २०७६, आईतवार
  • 1247 पटक पढिएको

म्याग्दी १२ जेठ । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत शनिबार बेनी नगरपालीका ६ थाकनपोखरीमा आमभेला सम्पन्न भएको छ ।जागरण अभियान अनुसार नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा थाकनपोखरीमा भएको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका उपसभापती माधव रेग्मीले नेपाली कांग्रेसले जनताका लागि काम गरेको हुँदा जनताले कांग्रेसलाई नै विश्वास गरेको बताउनुभयो ।

उहाँले र्वतमान सरकारले राष्ट्रविरुद्ध दमन गरेको र दुई तिहाइको दम्ब देखाएरको अरोप समेत लगाउनु भएको छ । उहाँले कार्यकर्तालाई सरकार विरुद्ध खबरदारी गर्दै अघिबढ्दै सरकारको कुमामको भण्डापोर गर्न आह्वान समेत गर्नुभएको छ ।कार्यक्रममा बेनी नगर सभापती अनोद श्रेष्ठ, वडा न ८ का वडा सदस्य हिभ बहादुर भण्डारी, सदस्य हिरा पुन, मनोज कार्कीले बोल्नुभएको थियो । कार्यत्रममा पुनले कार्यक्रमको बारेमा पष्टपार्नुभएको थियो । कार्यक्रम ओम बहादुर खत्रीको अध्यक्षता हरि पौडेलको स्वागत र बिशाल खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।